समयलाइ रोक्न मिल्थ्यो भने मैले मात्र हैन तपाइ पनि रोकिदिनुहुन्थ्यो


म अनि मेरो जेठो दाइ धेरै वर्षको अन्तरमा जन्मिएका थियौ । म १ / २ वर्ष कि हुँदा नै मेरो दाइ प्रदेश गइसक्नु भएको थियो रे । अलिक वर्ष पछि म मेरि आमालाइ सोधिराख्थे दाइ कहिले आउनुहुन्छ घर ? किनकी त्यो बालापनमा आश थियो दाइले विदेशबाट मलाइ के ल्याइदिनुहुन्छ ।
म आतुर थिए दाइलाइ भेट्न , दाइले ल्याइदिएको चिज हेर्न पाउन । विदेशमा तोकिएको निश्चित समयभन्दा पहिला घर आउन नमिल्दो रहेछ । र आमाले मलाइ भन्नुहुन्थ्यो अब जम्मा १ वर्ष त होनि पर्ख न , कहिले भन्नुहुन्थ्यो अब आइसल त आइहाल्छ नि तेरो दाइ अब धेरै छैन ।
आमाका लागि त्यो एक वर्ष पर्खिन केही ठुलो कुरा थिएन त्यतिबेला मलाइ एक वर्ष भन्ने ठ्याक्कै कति दिनको हुन्छ भन्ने थाहा नभएर हो या त्यो उमेरका सबैलाई १ वर्ष निकै ठुलो वर्ष जस्तो लाग्छ होला । मलाइ त्यो उमेरमा १ वर्ष निकै लामो लाग्थ्यो , सात जुनि नै हो जस्तो , त्यो १ वर्ष कति बेला बित्छ होला , अझै कति धेरै समय पर्खिनुपर्ने भो म यस्तै सोच्थे । समय बिते सङ्गौ म ठुली हुँदै गए , अचेल १ वर्ष कति छिटो बिते झै लाग्छ , लाग्छ हैन साच्चिकै बित्छ नै । कास यो समयलाइ रोक्न मिल्थ्यो भने मैले मात्र हैन तपाइहरु पनि रोकिदिनुहुन्थ्यो होला ।
समय कति छिटो बिति जान्छ । हिजो अस्ति त स्कुल पढ्न सुरु गरे जस्तो लाग्छ , तर स्कुल ,कलेज पनि पढेर सकियो । साथिहरु सबै कोहि कता कोहि कता पुगे । केही साथिहरु सङ्ग कहिले काहीं भेट हुन्छ ।केही सङ्ग फेसबुक , भाइबर जस्ता माध्यमबाट कुराकानी हुन्छ । कोहि सङ्ग त वर्सौ भैसक्यो न भेट हुन्छ न कुराकानी । बाल्यकालमा सङ्गै हुर्केका , पढेका साथिहरुले त बिर्सेका छैनन् होला पछि कलेजमा भेटिएका अहिले भेटघाट कुराकानी हुन छाडेका साथिहरुले त सायद भुलिसके ।
बिचमा केही गम्भीर किसिमको रोग नलागे अथवा दुर्घटना नभए मान्छे सय वर्षको हाराहारी मा मात्र बाच्न सक्छ , त्यो भन्दा अगाडी जुन सुकै उमेरमा जे पनि हुन सक्छ । ठ्याक्कै कुन उमेरमा मर्छ त्यो निश्चित नभएपनि सय वर्ष को हाराहारी भन्दा बेशी कोहि मान्छे बाच्दैन यो कुरा सबैलाई थाहा छ । तरपनी मान्छेहरु यो सबै थाहा हुदाहुदै पनि कति स्वर्थी बनेर बाचिरहेछ । अर्को ब्यक्तिको बारेमा सोच्ने फुर्सद नै छैन उस्लाइ , दिन प्रती दिन मानवता हराइरहेछ । एकले अर्काको प्रगती देखी सहदैन ईष्र्या गर्छ ,लोभ गर्छ धन कमाउन तछाडमछाड गर्छ । पैशाका लागि जुन हद पनि पार गर्न सक्छ । मान्छेले मान्छे नै मार्न परे पनि पछि हट्दैन । हो आफ्नो परिवारको सुखको लागि , खुशिको लागि सायद जिन्दगीमा पैशा कमाउन पनि जरुरी छ तर यो जरुरी छ भन्दैमा लाखौ करोडौं लुट्नु आबश्यक छैन ,पैशा कै लागि नराम्रो काम गर्न पनि आवश्यक छैन ।
कसैको केही नबिगारी सहि बाटो मा हिडे्र इमानदारिता का साथ घरपरिवार पालेका मान्छेहरु पनि खुशीले बाचेकै छन् । म अघि सय वर्ष को कुरा किनगरिराथे भने मान्छे युगौ युग सम्म बाचिराख्ने भए यी गलत काम गरेर भए पनि धन सम्पत्ती कमाउन उस्लाइ सुहाउने थियो होला तर बढिमा सय वर्ष न बाच्ने हो जाबो यति उमेरका लागि यी खराब काम गर्न मान्छे लाई शोभा दिदैन । मान्छेको उमेर , समय आँखा चिम्लिदा बित्तिकै बितिजान्छ । त्यसैले जति बाचिन्छ त्यत्ती राम्रो काम गरेर बाचौ ।
कसैको मन नदुखाएर बाचौ , आफ्नो लागि मात्र हैन कहिले काहीँ अरुको बारेमा पनि सोच्ने गरौ । जानी जानी कसैको केही नबिगारौ , राम्रो काम गरेर असल मान्छेको उदाहरण देउ । एकले अर्काको खुट्टाको सट्टा हात तानेर सङ्गै अघि बढौ । एक अर्कालाइ सहयोग गरेर मानबताको परिचय देउ । हुन त यहाँ धेरै मान्छेको उ मरेपछि मात्र प्रशम्सा गरिन्छ , गुनगान गाइन्छ । अरुको अगाडि देखावटी रुपमा मुखले जे भनेपनि मर्ने मान्छे कस्तो थियो भनेर उस्को मनलाइ थाहा हुन्छ ।
त्यसैले बाचुन्जेल यस्तो काम गर्नुहोस् मरेपछि पनि बाच्नेहरुको मुख सङ्गसङ्गै भित्री मनले पनि भनोस् मान्छे साह्रै गतिलो थियो तर मरेछ ।

Leave A Reply

Your email address will not be published.