रुरुक्षेत्र गाउपालिका वडा न.१मा गरिएको सिलबन्दी १८ गतेसम्म लम्बिने

माधब ज्ञवाली, असोज ११ गुल्मी :
कोरोना भाइरस सङ्क्रमणको जोखिम थप बढेकोले जिल्लाको रुरुक्षेत्र गाउपालिका वडा न.१ रिडिमा गरिएको लकडाउन फेरि थप गरिएको छ। गाउपालिकाले आज एक सुचना जारी गर्दै लकडाउन थप गरिएको जानकारी गराएको हो। स्थानीय एक पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी वडा न.१ को भड्कुवा बाहेक च्युरेक,पुल क्याम्प,रिडि बजार,बिष्णु पन्चर,मकवादी ,रातामाटा र रिडि खर्ज्याङ मोटरबाटो अन्तर्गत रिडि देखि सातमुरे सम्मको क्षेत्र गत असोज ६ गते बिहान ४ बजेदेखी लागू हुनेगरी असोज १२ गते बिहान ४ बजे सम्म लागू हुनेगरी पुर्ण रुपले सिल गरिएको थियो।
तर कन्ट्याक्ट् ट्रेसिङको क्रममा त्यस क्षेत्रमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेहरुको सङ्ख्यामा निरन्तर वृद्धि हुँदै आएकोले जोखिम थप बढेको भन्दै लकडाउनलाई असोज १२ गते बिहान ४ बजेदेखी असोज १८ गते बिहान ४ बजेसम्म लम्ब्याउने निर्णय पालिकाले गरेको हो।
सिलबन्दी अवधी भर सिल गरिएको क्षेत्रभित्र पर्ने हाइवेमा भने लामो दुरिका यातायात संचालनमा आउनेछन भने रिडि बजार हुँदै रुद्रबेणी जाने सडक भने बन्द गरिएको र सो सडकको सट्टा रिडि लामाचौपारी हुँदै रुद्रबेणी जाने सडक प्रयोग गर्नुपर्ने गाउपालिकाले जानकारी गराएको छ।त्यस्तै सो अवधी भर वडा कार्यालय ,बैंक ,बित्तिय संस्थाका कार्यालय,शैक्षिक संस्था, सहकारी संस्था लगायत अन्य निजि तथा सरकारी कार्यालयहरु पनि बन्द हुने पालिकाले जानकारी दिएको छ। अत्यावश्यक सेवा बाहेकका अन्य पसलहरु पनि सो अवधिभर बन्द हुने र अत्यावश्यक सेवा सुबिधा प्रवाह गर्दा भौतिक दुरि कायम गर्नुपर्ने जानकारी गराउदै अन्य बेलामा पैदल हिडडुल गर्न पनि नपाइने जानकारी पालिकाले गराएको छ। रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने सेवाहरु भने नियमित रुपमा संचालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस