रास्ट्रपतिद्वारा प्रबल जनसेवा चतुर्थ श्री मानपदवीबाट सम्मानित गुल्मीका एक समाजसेवी

माधब ज्ञवाली, आश्विन ०३ गुल्मी :
छैटौं संविधान दिवस २०७७ को अवसरमा गुल्मीका एक समाजसेवी रास्ट्रपति बिध्यादेवी भण्डारीद्वारा सम्मानित हुनुभएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउपालिका वडा न.४ चौताराका चक्रपाणी गौतम प्रबल जनसेवा चतुर्थ श्री मानपदवीबाट रास्ट्रपतिद्वारा बिभुषित हुनुभएको हो। पन्चायत कालदेखी नै समाजसेवा सङ्गै राजनीतिमा ठूलो योगदान पुर्याउदै आउनुभएका गौतमको योगदानको कदर गर्दै संविधान दिवसको अवसरमा उहाँ बिभुषित हुनुभएको हो ।
बि.स २००७ साल जेठ २८ गते माता लक्ष्मी देवी गौतम र स्व.पिता रामप्रसाद गौतमको कोखबाट जन्म लिनुभएका गौतम बि.स २०२८ सालदेखि करिब १३ बर्ष खरदार हुँदै नायब सुब्बाको जागिरेको रुपमा काम गर्नुभयो । समाजसेवामा अत्यन्तै रुचि भएका गौतमले आफुले गर्दै आएको जागिरलाई चटक्कै छोडेर समाजसेवामा आवद्द हुनुभयो। समाजसेवाकै क्रममा बि.स २०३९ साल जेठ ३ गतेको निर्वाचनमा प्रधान पन्चमा निर्वाचित हुनुभएका गौतम बि.स २०४३ सालको चुनावमा जनपक्षीय प्रधान पन्चमा निर्वाचित हुनुभयो।
नेपालमा बहुदलीय ब्यवस्था ल्याउन गरिएको प्रजातान्त्रिक आन्दोलनमा गुल्मी जिल्लामा विभिन्न पदमा रहेर सक्रिय भुमिका खेल्नुभएका गौतमसङ्ग कठोर जेल जीवन सङ्गै कठोर यातना भोगेका यादहरु अझैसम्म ताजा नै छन् ।आन्दोलनका क्रममा भोकेको जेल जीवन र आफुले पाएको विभिन्न यातनालाई थप उर्जाको रुपमा लिदै सधै सत्य र न्यायको पक्षमा आफुलाई उभ्याउने कोसिस गर्दै आएको गौतमको भनाई रहेको छ ।
गौतमसङ्ग ५ बर्षको शिक्षण पेसाको पनि अनुभव छ । उहाँ जनबोध माध्यमिक बिधालय रुरुक्षेत्र गाउपालिका वडा न.४,५ मा ५ बर्ष शिक्षण पेसामा पनि आवद्द हुनुभएको थियो। सामाजिक क्षेत्रमा उहाले गरेको योगदानबाट जनताको अपार माया पाएका गौतमले शिक्षण पेसालाई पनि त्याग्नुभयो र बि.स २०५४ सालमा बलेटक्सार गाउँ विकास समितिको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभयो । स्थापना कालदेखि नै हालसम्म श्रृङ्गेश्वर बहुमुखी क्याम्पसको संचालन समितिको अध्यक्ष पदमा रहि निरन्तर काम गर्दै आउनुभएका गौतम सामाजिक क्षेत्रमा अब्बल हुनुहुन्छ ।
राजनितीमा पनि गौतमको उत्तिकै योगदान रहेको छ। पन्चायत कालदेखी नै राजनीतिलाई नजिकैबाट नियाल्दै आउनुभएका गौतम २० बर्ष गाउँ कमिटी अध्यक्ष पदमा रहदै हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा रुरुक्षेत्र गाउपालिका गाउँ कमिटी अध्यक्षमा कार्यरत हुनुहुन्छ भने नेकपा जिल्ला सचिवालय सदस्यको रुपमा पनि सक्रिय भुमिका निभाउदै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.