स्वास्थ्यकर्मिमा कोरोना देखिएपछी लुम्बिनी प्रादेशिक अस्पतालमा NICU सेवा स्थगित ।।

अनुप ज्ञवाली भाद्र २४ बुटवल

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पतालको NICU वार्डमा कार्यरत ५ जना डाक्टरमा भाद्र २३ गते एकसाथ कोरोना भाइरस संक्रमण पुष्टि भएसङ्गै अस्पताल प्रशासनले सुचना प्रकाशन गरेर NICU सेवा बन्द गरेको छ। NICU वार्ड लाई पुर्ण रुपमा निर्मलिकरण गरेर मात्र सन्चालन गर्नुपर्ने हुदा अर्को सुचना नआएसम्मको लागि सेवा बन्द भएको अस्पताल प्रशासनले जानकारी गराएको छ। यस अघि पनि सोही अस्पतालको सर्जिकल वार्डमा कार्यरत डाक्टरमा कोरोना देखिँदा पनि अस्पताल प्रशासनले उक्त वार्ड पुरै बन्द गरेको थियो। यसरी पटक पटक सेवा बन्द गर्नु पर्दा सेवा ग्राहिहरुमा पर्न जाने असुविधा प्रती अस्पताल प्रशासनले क्षमा याचना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस