रुपन्देहीको देबदहमा बैंकको कर्मचारीलाई कोरोना संक्रमण

अनुप ज्ञवाली, साउन २० बुटवल

रुपन्देहीको देबदह नगरपालिका वार्ड नम्बर ५ खैरेनी बजारमा रहेको गरिमा बिकास बैंकमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसङ्गै देबदह नगरपालिका भित्र यातायात सन्चलनमा रोक लगाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उक्त ब्यक्तिले सेवा लिएको अरुण मेडिकल हल र आर.एन.प्याथोलोजीलाई शील गरि कन्ट्र्याक्ट ट्र्यासिङ्ग गरिने भएको छ। आज बसेको नगर कार्य समितिको आकस्मिक बैठकले आजै राती १२ बजे देखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने र पैदल यात्रामा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। त्यसैगरि राजमार्ग बाहेकका अन्य क्षेत्रमा पनि सवारीसाधन चल्न नदिने र विभिन्न पेशा ब्यवसाय पनि अर्को सुचना जारी नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङले जानकारी दिनुभयो। बैंकका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनको परिवार, उनिबाट सेवा लिएका सेवाग्राही, अरुण मेडिकल, आर.एन. प्याथोलोजी साथै बैंकका कर्मचारी सहित २५ जनालाई पिसिआर परिक्षणका लागि पठाइएको छ।

Leave A Reply

Your email address will not be published.