चितवन रास्ट्रीय निकुञ्ज बाट नारायणीमा बगेको गैंडा सुस्तामा समातियो।

अनुप ज्ञवाली नवलपरासी,साउन-२०

तीन दिन अघि चितवन रास्ट्रीय निकुञ्ज बाट एउटा एक सिङ्गे गैंडा नारायणी नदिमा बगेको थियो। नेपालमा दुर्लभ मानिने गैंडा नारायणीमा बगेपछी खोजी कार्य तिब्र पारिएको थियो। उक्त गैंडा नारायणी नदिको भेल सङै सुस्ता गाउँपालिका वार्ड नम्बर ४ को ठोक्कर नम्बर ८ मा आज निकुञ्ज बाट खटिएको टोलिले नियन्त्रणमा लिएको हो। दुई दिन अघि नै उक्त गैंडा त्यस आसपासमा देखिएपछि चितवन रास्ट्रीय निकुञ्जमा सम्पर्क गरिए पछि तीन वटा हात्ती सहित निकुञ्जबाट करिब २० जनाको टोलि सुस्ता गाउँपालिका मा आएका थिए। उक्त गैंडालाई नियन्त्रणमा लिन निकुञ्जबाट खटिएको सुरक्षा टोलिले तिघ्रामा गोलि समेत हानेको सुस्ता चारका वार्ड अध्यक्ष अशोक कुमार गुरुङले जानकारी गराउनुभयो। उक्त गैंडालाई आज नै सुरक्षाकर्मि को रोहबरमा चितवन रास्ट्रीय निकुञ्ज तर्फ लगिएको छ।

Leave A Reply

Your email address will not be published.