धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, एक गम्भीर घाइते ।।

हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ साउन

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी ५५ वर्षीया बेलु खातीको हत्या गरिएको छ । सोही घटनामा मृतकका श्रीमान् ६२ वर्षीय घनश्याम खाती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभएको छ । घाइतेको उपचारका लागि धनगढी पठाइएको भएपनि त्यहाँबाट समेत अन्यत्र रिफर गरिएको खबर प्राप्त भएको छ । प्रहरी प्रवक्ता थापाका अनुसार घटना खाती परिवारको घरमै गएराति घटाएको देखिन्छ । घटनाको अनुसन्धान भइरहेको र सहजताका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको प्रहरी प्रवक्ता थापाले बताउनु भएको छ । उक्त घटना सम्बन्धी सोधपुछका लागि मृतक खातीका छोरासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धी थप विवरण भने आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.