गुल्मीमा विपत माथी विपत:पहिरोका कारण फेरि एउटा गोठमा ठूलो क्षति

माधब ज्ञवाली साउन १७ गुल्मी ।


गुल्मीमा पहिरोले विपतमाथी थप विपत थपिरहेको बेला फेरि अर्को क्षति निम्त्याएको छ। रुरुक्षेत्र गाउपालिका वडा न.४ पारिखर्कमा हिजो राती परेको भारी बर्षाका कारण माथिबाट खसेको पहिरोका कारण स्थानीय गङ्गा ज्ञवालीको गोठमा ठूलो क्षति पुर्याएको छ।
गोठ माथिको बारिबाट खसेको पहिरोले गोठलाई थिच्दा गोठको स्वरुपनै तहसनहस बनेको छ। गोठको धेरै ठाउमा चिरा परेको छ भने तला नै पुरै बाङ्गिएको छ।राती करिब ११ बजेतिर पहिरो खसेको र हत्तपत्त गोठमा रहेका भैंसी र बाख्रालाई आफ्नो घरको दाउरा राख्ने छाप्रोमा सारिएको घरका सदस्य प्रवीण ज्ञवालीले बताउनुभयो,गोठ पुरै बाङ्गिएकोले कतिखेर ढल्छ भन्न नसकिने अवस्था छ। पहिरोको बारेमा जनप्रतिनिधिहरुलाई खबर गरिएको र प्राविधिक टोलि सङ्गै जनप्रतिनिधि आउने क्रममा रहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.