रुरुक्षेत्र गाउपालिका वार्ड न ४ थप्लुङ्गमा एक गोठ पहिरोले पुरियो , भैंसी मर्यो

अनुप ज्ञवाली साउन १७ गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ४ थप्लुङ्गमा पहिरोले एक गोठ पुर्दा भैंसी मरेको छ । त्यहाँ स्थित केशब ज्ञवालीको गोठ पुर्दा एक लैनो भैंसी मरेको स्थानिय प्रबिण पौड्यालले बताउनु भयो । रातको करिब ८ बजे माथीबाट आएको पहिरोले गोठ पुरेको हो ।
उद्दारका लागि प्रहरी चौकी श्रिङ्गाका इन्चार्ज हरिकिसन पुनको टोलि गएको थियो । स्थानिय , जनप्रतिनिधि र प्रहरिको सहयोगमा मरेको भैंसी गोठ बाहिर निकालिएको हो । गोठ पुर्णरुपमा क्षति भएको छ ।

Leave A Reply

Your email address will not be published.