गुल्मी पहिरो :उद्दारमा जुट्न काङ्ग्रेस नेता भण्डारीको अपिल , ४ को निधनप्रति दु:ख ब्यक्त

भुबन भुसाल साउन १६ , गुल्मी

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले गुल्मी पहिरोमा ज्यान गुमाउने प्रती दुख ब्यक्त गर्नु भएको छ । नेता भण्डारीले सामाजिक संजाल फेसबुकमा लेख्दै मृतकहरुलाइ श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समबेदना ब्यक्त गर्दै बिपदको घडिमा उद्दार र राहतमा जुट्न सबैमा अपिल समेत गर्नु भएको छ । साथै वहाँले उद्दारमा जुट्दा आफू समेत सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
आज साझ रुरु क्षेत्र गाउँपालिका वार्ड न ५ आटिपाटामा पहिरो जादा ४ जनाले ज्यान गुमाएका छन । बेलुकी खाना पकाउने बेला घर माथिबाट आएको पहिरोले घर पुर्दा राजु माझी कि श्रीमती ३० बर्षकी बिना बोटे माझी का छोरा सागर र ७ बर्षका हेमन्त २ र १० महिनाकी छोरि बिनिताको घटना स्थलमै ज्यान गएको छ ।

Leave A Reply

Your email address will not be published.