गुल्मी पहिरो :उद्दारमा जुट्न परराष्ट्र मन्त्री ज्ञवालिको अपिल , ४ को निधनप्रति दु:ख ब्यक्त

गुल्मी पहिरो :उद्दारमा जुट्न परराष्ट्र मन्त्री ज्ञवालिको अपिल , ४ को निधनप्रति दु:ख ब्यक्त

भुबन भुसाल साउन १६ , गुल्मी
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मी पहिरोमा ज्यान गुमाउने प्रती दुख ब्यक्त गर्नु भएको छ । सामाजिक संजाल फेसबुकमा लेख्दै मन्त्री ज्ञवालिले मृत्युको खबरले दुखी भएको भन्दै उद्दार कार्यमा जुट्न जनप्रतिनिधि , प्रहरी प्रशासन र युवाहरुलाई आग्रह गर्नु भएको छ ।
आज साझ रुरु क्षेत्र गाउँपालिका वार्ड न ५ आटिपाटामा पहिरो जादा ४ जनाले ज्यान गुमाएका छन । बेलुकी खाना पकाउने बेला घर माथिबाट आएको पहिरोले घर पुर्दा राजु माझी कि श्रीमती बिना माझी १० र ७ बर्षका २ छोरा र एक नाबालक छोरिको ज्यान गएको छ ।
अविरल वर्षा सङ्गै त्यहाँ पुग्ने बाटो समेत अबरुद्ध छ । घटनाको थप बिवरण आउन अझै बाकी छ ।

Leave A Reply

Your email address will not be published.