दामोदर स्मृति चौपारी निर्माण सम्पन्न

कोपिल गौतम , साउन ४ गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउपालिका वार्ड न ४ बलेटक्सार त्वागामा दामोदर स्मृति चौपारी निर्माण गरिएको छ । २०७४ साल बैशाख २३ गते २४ बर्षका दामोदर केशिको रुपन्देहिको सालझण्डि जङ्गलमा हत्या गरिएको थियो ।
युनिक फ्रेन्डस क्लबका तत्कालिन अध्यक्ष समेत रहेका उनको सम्झनामा क्लबका सदस्य र स्थानियको श्रमदान बाट पिपलको बोटमा सुन्दर चौपारी निर्माण गरिएको क्लबका सदस्य मधु ज्ञवालिले बताउनु भयो ।
गाउको बिकास , युवा एकतामा जोड दिने आफ्नो क्लबको तत्कालीन अध्यक्ष केशिको हत्या भएको ४ बर्ष पूरा हुदा पनि हत्यारा पत्ता नलाग्दा न्याय नै मरेको अनुभूति भएको स्थानिय एबम क्लबका सदस्य मधु ज्ञवालिले बताउनु भयो । यदि देशमा कानुनी राज्य छ भने दोशी पहिचान गरि कारबाही गर्नु पर्ने स्थानिय बिष्णु ज्ञवालिले माग गर्नुभयो ।
सो गाउँका स्थानिय युवा हरुको सक्रियतामा १२ दिन लगाएर चौपारी निर्माण गरिएको स्थानिय राजु ज्ञवालिले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.