गुल्मीको रेसुङ्गामा सदाका वर्ष लाग्ने साउने मेला अहिलेको वर्ष नलाग्ने

रेडियो श्रृङ्गेश्वर, साउन १ गुल्मी :
गुल्मीको धार्मिक एवम एतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा सदाका वर्ष लाग्ने साउने मेला अहिले नलाग्ने भएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण बाट बच्नको लागि सरकारले गरेको लक डाउनलाई पालनमा गर्दै यस वर्ष साउन भरी लाग्ने मेला स्थगित भएको हो ।
कृषि प्रधान देशमा असारभरी धान रोप्ने मान्नु खाई मुनि मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने पनि गरिन्छ आज कागती निबुवा अम्बा अनार नासपाती आदि फलफूलसहित चढाएर कण्ठकारी नामक राक्षसको पूजा गर्नाले दाद लुतो खटिराजस्ता चर्मरोग पय प्रकोपबाट बच्न सकिने विश्वास छ, कुकुरडाइनो कागभलायो कुरिलो पानीसरो पुरेनी गलेनी लगायतका औषधीय वनस्पतिबाट हालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो बाट लुतो फ्याँक्ने चलन छ साउन महिनाभर देशभरका शिवालयमा विशेष मेला लाग्ने गर्थेयो।
यस वर्ष भने संक्रमणका कारण भीडभाडमा जान नहुने भएपछि शिवालय लगायतका ठाउँमा चहलपहल छैन् ।
साउन महिनाभर लाग्ने रेसुङ्गामा यो वर्ष चहलपहल छैन् , पोहोर परारको वर्षमा भिडभाड हुने मेला यो वर्ष भने मन्दिर व्यवस्थापन समितिले स्थगित गरेको छ सामाजिक दूरी कायम गरी मन्दिर दर्शन गर्न सकिने भएपनि पोहोर कावा बर्षहरुमा जस्तो साउने मेला भने यो वर्ष रेसुङ्गामा नलाग्ने भएको हो ।

Leave A Reply

Your email address will not be published.