रेडियो श्रृङ्गेश्वरले मनायो आफनो तेस्रो बार्षिकोत्सब ,उत्कृष्ट संवाददाता, बजार व्यवस्तापक साथै विज्ञापनदाता सम्मानित

माधब ज्ञवाली फाल्गुण ९ गुल्मी :
लोक रेडियो प्रालि द्धारा संचालित रेडियो श्रृङ्गेश्वर १०४.४ मेगाहर्जले आफनो तेस्रो वार्षिकोत्सव एक समारोहका बिच सम्पन्न गरेको छ ।
रेडियो संचालक समितिका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयका सचिवालय प्रमूख यदु ज्ञवाली र प्रखेश नं. ५ स्वास्थ्य निर्देशानलयका जनस्वास्थ्य अधिकृत चिन्तामणी ज्ञवाली रहनुभएको थियो ।
कार्यक्रममा रेडियोका बोर्ड समिति सदस्यहरु पदम प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद आत्रेय, बाबुराम भुसाल त्यस्तै सदस्य सचिव तथा रेडियोका स्टेशन म्यानेजर दामोदर ज्ञवाली, प्राबिधिक प्रमूख ईश्वरी बस्याल, बशन्त श्रेष्ठ, विश्वनाथ पाण्डे, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका सदस्य पुरुषोतम गैरे लगायत रेडियोका कर्मचारीहरु तथा संवाददाताहरुको आतिथ्यता रहेको थियो ।
प्रमूख अतिथिद्धारा व्यानर बाचन गरि उद्घाटन गरिएको कार्यक्रममा दामोदर ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा एक बर्षभरि विभिन्न क्षेत्रबाट रिपोर्टिङ गरेर समाचार पठाउनुहुने एक जना पुरुष र एक जना महिला उत्कृष्ट संवाददाताहरुलाई सम्मान गरिएको थियो ।
जस्मा पुरुष तर्फ माधब ज्ञवाली र महिला तर्फ तारा कंडेल सम्मानित हुनुभएको थियो । त्यस्तै बुटबलमा रहेर बार्षिक एक लाख पचास हजार भन्दा माथिका विज्ञापनहरु रेडियोमा ल्याउभएका अमर पन्थ उत्कृष्ट बजार व्यवस्थापकको रुपमा सम्मानित हुनुभएको छ उहाँ गत बर्षको पनि उत्कृष्ट बजार व्यवस्तापक हुनुहुन्छ । स्थानिय रुपमा रहि सबैभन्दा बढी विज्ञापन रेडियोका लागि प्रदान गर्नुहुने शंकर कंडेललाई पनि सम्मान गरिएको छ ।
आजै भएको कार्यक्रममा रेडियोले उत्कृष्ट विज्ञापन दाताहरुलाई पनि सम्मानित गरेको छ । युग सुहाउदो प्राविधिक शिक्षा प्रदान गरि शिक्षाको क्षेत्रमा योगदान पु¥याएको साथै रेडियो सँग निरन्तर सहकार्य गरिरहेको बुटबलमा अवस्थित फेवाटेक्निकल कलेज र विगत केही बर्ष देखि किसानहरुको मनमुटुमा बस्न सफल पैचो पसल प्रालि बलेटक्सार गुल्मीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमूख अतिथि यदु ज्ञवालीले मन्तव्य राख्नुभएको थियो कार्यक्रममा बोल्दै वहाँले रेडियो श्रृङ्गेश्वरले सत्यतथ्य सुचना, सन्देश साथै समाचार मार्फत समाजमा पु¥याएको योगदानको आफूले खुलेर प्रशंसा गरेको कुरा व्यक्त गर्नुभएको थियो । रेडियोलाई नयाँ प्रबिधिहरुसँग पनि जोडेर अघि बढन सुझब दिनुको साथै रेडियोको उत्तरोतर प्रगतिको कामना गनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस