
साबित्रा पौडेल, फागुन ८ गुल्मी ।
प्युठानमा बसले किच्दा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको नौबहिनी गाउँपालिका ७ फोप्लीकी डेढ वर्षीय बालिका तिर्सना पुन मगर रहेकी छन ।
बाग्दुलाबाट फोप्ली तर्फ जाँदै गरेको ना. ४ ख. १३०९ नम्बरको बसले किच्दा पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता, प्रहरी निरीक्षक केशव केसीले बताउनुभयो ।
बस र चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।