सुदर्शन पन्थ, मंसिर ४ गुल्मी ।
छत्रकोट गाउँपालिका वडा नं. ३ हर्दिनेटाको वडा सेवा केन्द्र हप्तामा दुई दिन सेवा प्रदान गर्ने गरी लुम्छा गुल्मीबाट सुचारु भएको छ।
मंगलबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले वडा सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा सभाध्यक्ष वडा नं. ३ का वडाध्यक्ष्य तेजकान्त अर्याल, प्रमुख अतिथि गा.पा अध्यक्ष्य राम प्रसाद पाण्डेय, विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत वीर बहादुर पुन, नेकपा एमाले छत्रकोट कमिटी अध्यक्ष पिताम्बर अर्याल, नेपाली काँग्रेस छत्रकोटका सभापति धातानन्द भुसाल, कार्यपालिका सदस्य देवका पन्थ, चन्द्र ब. नेपाली, वडा सदस्य शेर ब. बलाल, पुस्पा नेपाली, विष्णु पन्त, प्रेम भन्डारी, हरि टण्डन हुमनाथ पन्थ, हिमाल पन्थ, स्थानिय तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
वडा सदस्य शेर ब. बलालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशाशकिय अधिकृत विर ब. पुनले लम्छामा वडा सेवा केन्द्र स्थापना गर्न पाउदा आफु निकै खुशी भएको र सेवा केन्द्रको लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउने कुरामा गाउँपालिका प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै घरघरमा सिंहदरबारको नारालाई आत्मसाथ गर्दै हर्दिनेटाका साविकका वडा नं. ५ को केही भाग वडा नं ६, वडा नं. ७, बडा नं. ८, वडा नं. ९ लाई प्राथमिकतामा रखेर लुम्छामा वडा सेवा केन्द्र सञ्चालन गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष्य तेजकान्त अर्यालले नगरिकको सुविधाको लागि सेवा केन्द्रको स्थापना गरिएको हुनाले सम्पूर्ण नगरिकले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो।
नेकपा एमाले छत्रकोट कमिटी अध्यक्ष पिताम्बर अर्याल, नेपाली काँग्रेस छत्रकोटका सभापति धातानन्द भुसाल, सेवाग्राही विष्णु प्रसाद पन्त लगायतले मन्त्व्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडा नं. ३ का सचिव खिमलाल पन्थले गर्नुभएको थियो।
वडा सेवा केन्द्रको स्थापना भए सँगै स्थानिय खुशी भएका छन् । सेवा केन्द्रले हप्ताको सोमबार र बिहिबार सेवा प्रदान गर्ने छा