देउसी भैलोबाट उठेको रकमबाट सामाजिक कार्य गर्दै भालुपानी युवा क्लब

सुदर्शन पन्थ, मंसिर ४ गुल्मी ।


भालुपानी युवा क्लबले आफुले देउसी खेलेर जम्मा गरेको पैसाले गाउँमा अत्यावश्यक सामाग्रीहरु खरिद गरेको छ।
२०४८ सालमा शालिकराम अर्यालको पहलमा पहिलो पटक भालुपानी भैलो परिवारको नामबाट सुरु भएको क्लबले समाजमा अत्यावश्यक पर्ने सामाग्रीहरु स्थापनाकालदेखी नै खरिद गर्दै समाजिक कार्य गर्दै आएको क्लबका संरक्षक एवं सल्लाहकार समिती अध्यक्ष चुरामणी अर्यालले बताउनु भयो।


२०४८ सालमा भालुपानी भैलो परिवारको नाममा स्थापना भएको क्लब २०६०-२०६५ सम्म सप्तरङी युवा क्लब हुँदै अहिले भालुपानी युवा क्लबको नाममा रहेर देउसी भैलोबाट जम्मा भएको रकमबाट प्रत्येक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आएको संरक्षक बाबुराम पन्थले बताउनु भयो।


यस वर्ष पनि हरि अर्यालको अध्यक्षतामा कार्तिक १६ गते देखि २० गतेसम्म सञ्चालन भएको देउसी भैलोबाट उठेको रकमबाट समाजिक कार्य गर्ने उद्देश्यले गाउँ टोलमा आवश्यक पर्ने मदल, मजुरा, खैजडी, थाल, कचौरा, गिलास, कुर्ची लगायतका समानहरु खरिद गरिएको क्लबका सक्रिय सदस्य सन्देश अर्यालले जानकारी दिनु भयो ।


क्लबले गर्दै आएको कार्यको प्रसंसा गर्दै समाजमा केही गर्न लागेको क्लबलाई सहयोग पुगोस् भन्ने हेतुले आफुले जम्मा गरेको पैसा समेत युवा क्लबलाई जिम्मा लगाएको शिवशक्ती महिला समुहकि अध्यक्ष लक्ष्मी अर्यालले बताउनु भएको छ।
आफुले थालेको कार्य अन्तर्गत गाउँका विभिन्न चोक चोकमा विश्राम स्थल बनाउने योजना रहेको क्लबका सचीव सुदर्शन पन्थले जिकिर गर्नु भयो ।


देउसी भैलो बाट उठेको रकमबाट वनभोज खाने , भ्रमण जाने तथा अन्य फुर्मासमा खर्च गर्ने प्रचलन रहेको अहिलेको अवस्थामा पनि क्लबले समाजमा अत्यावश्यक सामान खरिद गरेर गाउँको पैसा गाउँमै रहने योजना अगाडि सारेर गाउँमा युवाहरु एकजुट भएमा सजिलै गाउँ विकास गर्न सकिन्छ भन्ने उदारणिय काम गरेको सल्लाहकार समिती अध्यक्ष अर्यालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *