विज्ञान विषय शिक्षकहरुका लागि तीन दिवसीय पेशागत विकास तालिम छत्रकोटमा सुरु

पौष २ गुल्मी : छत्रकोट गाउँपालिका गुल्मीमा विज्ञान विषय शिक्षकहरुका लागि तीन दिवसीय पेशागत विकास तालिम आज (सोमबार) देखी सुरु भएको छ ।


छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले गर्नुभएको थियो।


सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष गुणाकर ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि टण्डनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


शिक्षा तालीम केन्द्र रुपन्देहीका विज्ञान प्रशिक्षक मनोज सिर्मल र श्रृङ्गा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास चन्द्र खरेलले प्रशिक्षण दिनुभएको तालिममा गाउँपालिका भित्रका विज्ञान विषय शिक्षकहरूको उल्लेख्य सहभागिता रहेकोे थियो ।

कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियो ।

आजदेखी सुरु भएको तालिम भोलि र पर्सि गाउँपालिकाको सभाहलमै संचालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *