गुल्मीको रुरुक्षेत्र १ बस दुर्घटना अपडेट:घाइतेलाई थप उपचारको लागि पाल्पा रेफर गरियो

साबित्रा पौडेल , जेठ ३ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ मा बस दुर्घटनामा परेको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ मक्वादी स्थित रिडी- तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस सडकबाट कम्तिमा ५० देखी ६० मिटर तल खसेको प्रहरिले जनाएको छ ।

कास्कीको पोखरा देखि गुल्मीको सदरमुकाम तम्घास तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय रिडिले जनाएको छ ।

बसमा १३ जना यात्रुहरु सवार रहेको ईलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरिक्षक अनिल थापाले जानकारी दिनुभयो। बसमा सवार १३ जना नै घाइते रहेको उहाँको भनाइ छ ।

घाइतेमध्ये १० जनाको प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा सामान्य उपचारपछी पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा रेफर गरिएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

घाइतेमध्ये बसका चालक र उपचालक गरी २ जनाको अवस्था गम्भिर रहेको रहेको रिडिका वडाध्यक्ष नवराज बिकले जानकारी दिनुभयो ।

घाइतेमध्ये अन्य २ जनालाई पनि थप उपचारको लागि प्रभास पठाउदै गरेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो । दुर्घटनास्थलमा अहिले घाइतेको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरी निरिक्षक थापाको भनाइ छ ।

यसैबिच बस दुर्घटनामा परी घाइते हुने १३ जनाकै परिचय खुलेको ईलाका प्रहरी कार्यालय रिडिले जनाएको छ।

घाइते हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका ४ कि ४२ वर्षकि शान्ति सुनार , रुरुक्षेत्र गाउँपालिका १ कि ३० वर्षकि रिता विश्वकर्मा , रुरुक्षेत्र गाउँपालिका ३ कि २३ सुशीला नेपाली , रुरुक्षेत्र ३ कै २३ वर्षका गंगा बहादुर बिक रहेका छन ।

यस्तै , गुल्मीदरबार गाउँपालिका २ का २० वर्षका ओम बहादुर बलाल , रेसुङ्गा नगरपालिका १० का केशव अर्याल तथा सोही ठाउँकि २१ वर्षकी इन्द्रा सुवेदी , पाल्पाको रिब्दिकोट गाउँपालिका १ का ६५ वर्षीय तारा प्रसाद पाण्डे तथा सोही स्थानका युवराज कुँवर , बस चालक स्याङ्जाको वालिङ नगरपालिकाक २८ वर्षीय मनोज बस्याल , स्याङ्जाको हरिनास गाउँपालिका ५ का ३५ वर्षका खेमराज लम्साल, कास्की कि २३ वर्षकी रोशनी नेपाली तथा डडेलधुराका राजबहादुर साउद रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *