“अर्को जन्म हुन्छ भने तिम्रै हुन पाउँ मेरि सानु”

नानु मैले तिमिलाइ सम्बोधन गर्ने यी शब्द अनि तिमिले मलाई सम्बोधन गर्ने सानु शब्द त्यो बेलाको मायालुपन,मिठास आज किन नभएको होला ? तिमी सङै यी शब्दको मिठास र ममता पनि सङै् गएका छ्न् । तिमिले हामिलाई कहिल्लै नभेट्ने गरि कहिल्लै नबोल्ने गरि छोडेर अर्कै संसारमा बसाई सरेको दिन त्यहीँ दिन हो आज जन्म मिर्तु यी दुई कुरा हाम्रो बस मा छैनन् ।

जन्म पछि मिर्तु शाश्वत सत्य हो, मानिस होस् या अन्य प्राणी जन्म पछि मरण निश्चित नै छ । त्यो हामी सबैले बुझेको स्वीकार गरेकै कुरा हो तर जब आफ्नो परिवारको सदस्य ,आफ्नो नजिकको मान्छे अझैँ विषेश त कलिलो उमेरमा भएको मिर्तु यो सत्य स्विकार्नु गर्नु जत्ती मुस्किल काम यो संसारमा कम नै छ होला ।

जुन कुरा म अनि हाम्रो परिवारको लागि तिम्रो मिर्तु बन्न पुग्यो।आज भन्दा १०९५ दिन पहिलात्यो दिन अनि त्यो समयको सामना गरेका हामि अझै पनि यो सत्य हो भनेर स्विकार गर्न सकेका छैनौँ (मनले स्विकार्न अनुमती नै दिदैँन) जिबनमा कसैले मलाई जिबनमा तैले के कुरा भुल्न चाहान्छेस् के कुरा तलाई सम्झन मन छैन भन्यो भने म जेष्ठ ३, २०७८आउँछ दिमागमा सबैभन्दा पहिला तर यो दिन भुल्न म पनि तिमी भएको संसारमै बसाई सर्नुपर्छ ।


भन्ने गरिन्छ नि सङै साथमा हुँदा भन्दा नहुदाँ मान्छे होस् या कुनै वस्तु त्यसको आवश्यकता ,महत्व ज्यादा हुन्छ अहिले मलाई पल,पल तिम्रो आवस्यकता महसुस भैरहेको हुन्छ तर भयो भनेर देखाउँ कस्लाई सुनाउँ कस्लाई आफैंले आफैँलाई सम्झाउनु,बुझाउनु शिवाय केही छैन म सङ् अरुका नन्द भाउजू कस्ता हुन्छन् कत्ती झगडा गर्छन के, के, के के हामी सधै मिल्ने है सानु भन्थेउ हेर न उनिहरु बरु झगडा गरेर पनि साथमा छन् हामि त त्यहीँ पनि छैनौँ ।

कस्तो विडम्बना हाम्रोखुसी अनि खुसी परिवारको कल्पमा गरेर एक छोरा र एक छोरिलाई जन्म दिएको परिवार न खुखी छ सुखीकहिलेँकाहिँ तिमिले जिस्किदैँ मलाई भनेका कुराहरुले नराम्रो सङ् झस्काई दिन्छन् आज पनि मलाई अघिल्लो जेष्ठको एक रात सुत्ने तर्खर भैरहदाँ कसैले स्वागत मेरो भदा भाईलाई यश धर्तिमा बधाई दाइ भाउजू लेखेको पोस्ट केही डर अलि अलिकति लजालु भागमा तिमिले सानु हेर न मलाई, पनि एउटा भाइ देउ है भनेकी थियौँ हेरन अहिले तिमिले अनि हाम्रो परिवारले कल्पना गरेको भन्दा कयौं गुणा माथिको मैले तिम्रो भाईलाई जन्म दिएकि छु, तर तिम्रो काखमा लौ न समाउ एकैछिन तिम्रो भाइ भनेर दिन पाईन ,तिम्रो उमेरका वा तिम्रो भाईको उमेरमा फुपुको काखमा देख्दा ईष्र्या गरेको त होईन तर कास आज तिमी भएको भए यहीँ खुसी उमंग हुने थियो होला है तिमिहरु दुईमा भनेर तिमिहरु दुइलाई त्यो ठाउँमा कल्पना गर्छु ।


भन्न त भन्ने गरिन्छ हामिले देख्न नपाए पनि हामिलाई छोडेर जानेहरु हामिलाई देखिरहेका हुन्छन् यदि देखेकी छौँ भने तिमी भाईलाई देखेर खुशी मात्र होईन गदगद भएकी छौँ । एकै वर्षमा परिवारको सदस्य गुमाउनु अनि अर्को सदस्य त्यहीँ परिवारको कसैको कोखमा आयो भने त्यस्लाई पनि उहीँ मान्छे आएको मानिन्छ भन्छन् यदि यो साचो हो भने मेरो कोखमा तिमी मात्र होईनौँ बाबा पनि आउनु भएको छ ।

६ महिनाको अन्तरालमा परिवारका दुई सदस्यलाई घर देखि घाट ,खाट देखि खटिँया कमैको घरमा पर्छ त्यो हाम्रो परिवारमा पर्यो अझै भनौँ घरका दुई सदस्यलाई नै घाट सम्म लगेर पुर्याउन घरको म मात्र गए यो मेरो बाध्यता जिम्मेवारि,अनि कर्तव्यको कत्ती जनाले त मुटु नै नभाकी कस्तो कठोर मन भाकी छोरी मान्छे भनेर पनि मलाई मेरो व्यक्तिवलाई परिभाषित गरिदिनु भयोयो बुझ्नु भएन कि एउटा २०,२१ वर्षको केटिले एक्लै यत्ती ठुलो जिम्मेवारीको भारी कसरी उठाएकी होलि कसरि आफू संगै परिवारलाई समालेकी होलि सायद कमैले सोच्नुभयो ।

तर मलाई न तिमिलाई चिता चढाउनु मन थियो न बाबालाई थियो त केवल जिम्मेवारी र कर्तव्य मैले बुबालाई चिता चढाई राख्दा एउटा छोरा,बुहारी ,छोरिले पुरागर्नु पर्ने मेरो कर्म गरेकी थिए ,तिमिलाई पनि त्यहीँ गरेकी थिए अनि मलाई कसरी भन्न सक्नु भयो मुटु नभएकी यो एउटा प्रश्न सधैं उत्तर बिहिन मनमा रहिरहेको छ ।

बुबा,आमाको निधन पछि कुनै छोराले नाई म मेरो बाबा ,आमालाई चिता चढाउदिंन् दागबत्ती दिन्न भन्न सम्भव छ र त्यस्तै मलाई पनि छोरा सङै बुहारीको दायित्व पुरा नगरि सम्भव नै थिएन । म पछाडि उभिदा अगाडि उभिदिने तिमिलाई छ महिना अगाडि आफैँ चिता चढाई सकेकी थिए भने म सङै उभिदिने श्रीमान् लाई बाध्यता व्यवस्थाले प्रदेशि बनाएको थियो ।
तिम्रो लागि पनि त म त्यत्ती हिम्मत गर्नै पर्ने थियो


बाबाको छोरा हुदाहुदै त म छोरा बनेकी थिए भने तिमिलाई त भगवानले संन्तान सुख अनुभव नै गर्न दिनुभएन । आफ्नै जन्म दिने आमा बुबालाई छोराछोरी श्रीमतिले अनि बुबा आमाले छोराछोरी लाई हस्पिटलमै वेवारिसे जत्तिकै श्वास भएन अब शरीर चाहिएन्न भनेर छोडिरहेका बेला मेरो मान्छेलाई मैले लग्छु आफ्नै हातले अन्तिम संस्कार गर्छु भन्ने हिम्मत गर्नुनै मेरो गल्ती हो भने जहाँ जत्ती सजाय भोग्नुपर्ने हो त्यसको लागि म तयार छु तर मलाई कस्तो मुटु नै नभाकी मान्छे भनेको सुन्न चाहिँ काटेको घाउमा नुन खुर्सानी छर्किएको जस्तो हुन्छ ।

तिमिले छिट्टै छोडेर गयौँ तिमिले छोडेर गयौँ तर धेरै कुरा सिकाएऔं मलाई यत्ती धेरै जिम्मेवारि ,दायित्व,कर्तव्य ,दुख,सुख आफ्ना, पराई ,नाता,सम्बन्ध सहि,गलत सबैकुरालाई कसरी बुझ्ने कसरि ठाउँ दिने त्यो तिमिले छोडेर गएपछि मैले सिकेँ।

भन्छन् भन्न त मरेर जानेहरु केहि लिएर जान्न तर तिमी सङै हाम्रो परिवारको हासो,खुसी चाडपर्व सङैँ लिएर गयौँ
घरकी एउटा मात्र छोरी तिमी नै नहुदाँ न यो घरमा तिज आउँछ न तिहार अरु बेला जसोतसो हाम्रो भाग्य भनेर मन बुझाए पनि तिजको बेला आमाको मलिन अनुहार अनि तिहारमा दाईको देख्दा भक्कानिन्छु कसैले नदेख्ने ठाउँमा गएर डाको छोडि रुदैँ तिमिलाई बोलाउ कत्तै सुनेर आउछेँकी जस्तो नि लाग्छ फ़ेरि कस्लाई देखाउ मेरो उदासि पन म नै उदास भएपनि म नै कमजोर भएर आमा र दाईको अगाडि आँसु देखाए भने कस्को मुख हेरेर उहाहरु समाल्लिनु हुन्छ ।

उहाँहरुको लागि अहिले हासो,खुसी दिने म बाहेक को छ र सम्झिन्छु अनि अँध्यारो कोठा भित्र घुक्क घुक्क रोएपनि न तिजमा आमाको अगाडि आँसु देखाकी छु न तिहारमा दाईको आमाको लागि म स्यंम छोरी बन्न कोसिस नगरेकी होईन तर सुनको कमि नुनले के पूरा गर्थेव र भने जत्तिकै म बन्न सक्दिनँ (सकिन) आमालाई तिम्रो ठाउमा तिमी नै हुनु र म हुनुमा म आकाश धर्तिको फरक देखे अनि ठिक छ आमाको मन नदुखाउँ छोरी नै बन्न नसकुँ केही छैन तर बुहारी भएर पनि आफ्नो जिम्मेवारी ,कर्तव्य , दायित्व पूरा गर्न सकुँ मेरो कारण आमाको मन नदुखोस् मात्र यत्ती कामना गरेकि छु ,तिम्रो दाईको लागि तिम्रो अभाव त पूरा गर्न सक्दिनँ तर साथ,माया,हौसला एउटा जीवन साथी मात्रै नभएर उहाँको दाजुभाइ दिदिबहिनी सबै भएर उहाँको साथमा दरिलो खम्बा बनेर उभिएकी छु ।

म बाट केही गल्ती हुँदा म कत्तै चुक्न लाग्दा तिमी यदि अदृश्य भएर मलाई देखेकी छौँ भने हरेक पल खबरदारी गरिदिनु,जिम्मेवारीको भारी कलिलो उमेरमा नै अलिक ठुलो बोकेकी छ तिम्री सानुले कहिँकतै त्यो भारिले थिचेर म सकिन थाके भनेर सुस्ताउन लागेभने मलाईपछाडि बाट नाई त उठ्नै पर्छ त उठ भनेर धकेली दिनु हैतिमिलाई हामी हेर्न नपाए पनि आमाले पाएको सुख र खुसि हेर्ने तिम्रो चाहाना सपना थियो मलाई थाहा छ ।

म मेरो तर्फबाट सकेको गरेकी छु गर्नेछु यहीँआमाको सुख र खुशी हेर्नै लागि भएपनि तिमिले मलाई हिम्मत दिनु है ,तिमिलाई त यो जन्ममा म केही गरेर पनि फर्काउन सक्दिनँ तर तिमी सङै गएका आमाका सुखीहरु एकदिन अवश्य फर्काउने छु भनेर पाईला चालेकि छु यी पाईला लर्बरिन खोज्लान त्यो बेला तिमिले अडाई दिनु है ।


आज तिमिले उपहार मागेको भाईले यो सुन्दर संसारमा टेकेको ६४९ दिन भएछ आजको दिन सम्म तिम्रो फोटो देखाएर यो तिम्रो दिदी हो भन्ने हिम्मत सम्म पनि म गर्न सकेकि छैन तर आज तिम्रो भाईलाई तिम्रो तस्वीर देखाएर तिमिलाइ चिनाउने मन छ ।
तिमिलाई काखमा भाइ दिन पाईन तर भाईको काखमा तिम्रो फोटो दिदैँ छु ।


भाईलाई आशीर्वाद दिनु है भन्छन् नि दिदिबहिनीले दाजुभाईको लागि आउने सबै दुख्खकष्ट
,शत्रु,वैरी र दुश्मन रोकिदिन सक्छन् तिमी भाईको रोकिदेउ है।

तिम्रो जन्म पनि भगवान बाट उहाको इच्छा अनुसार भयो र उहाकैँ इच्छा अनुसार तिम्रो मिर्तु जन्म ,मिर्तु नै हामी कसैको बसमा छैन त्यसैले त तिमी हामिलाई छोडेर यत्ती छिट्टै अर्कै संसारमा गयौँ ।


अरु कुराहरु म कत्ती गरे तिम्रो लागि के गर्न सके कि तिमिले देख्यौं कि भगवानले तर मलाई एउटा कुराको हरेक दिन पछुतो छ तिमिलाई भोकमा खान दिन सकिन ।

तम्घास हस्पिटलको इमर्जेन्सी वार्डमा तिमिले भोक लागेको छ केही खान्छु न सानु भन्दा पनि म खान दिन सकिन खाना बरु एकैछिन पछि खुवाउला अहिले अक्सिजन नै दिएको ठिक छ खाना एकैछिन पछि खुवाउला भनेर डाक्टरले भनेपछी हो त खाना त भोलि खुवाउला एकैछिन पछि खुवाउला सोचेकी मलाई त्यो एकैछिन पछि मैले सोचेको त्यो भोलि कहिले आएन ।


आउन त धेरै चिज आएन पिढिमा बसेर कस्तो छ सबितालाई भनेर ८० कटेकी आमाले सोध्दा पिर नगर्नु ठिकै छ ठिक हुन्छ म ठिक गराएर यहीँ लिएर आउछु डाक्टर सङ् कुराभएको छ अक्सिजन , हस्पिटल सबैको व्यवस्था भएको छ ,बाबा मम्मी पिर नगर्नु है नानुलाई म भोलि पर्सिमा यहीँ लिएर आउछु नआत्ति बस्नु अलिक दिन हस्पिटल कै बसाई भएछ भने उत्तै आउनु होला म पास मिलाउछु भन्दै घरबाट हिडेकी म नानुलाई लिएर घर जाने दिन नै आएन ,न हस्पिटल आउनु भनेर बोलाउन सके न घाटमा आउनु भन्न नै सकेँ ।


नानू लिएर आउछु भन्दै घरबाट हिडेकी म लिएर गए त केवल हस्पिटलले उस्लाइ अब यो संसारमा छैन कोभिड १९ ले उसको ज्यान लियो भनेर प्रमाणित गरिदिएको देथ सर्टिफिकेट ,लिएर हात खुट्टा कपाउदैँ शिर निहुरो पार्दै एउटा नेपालि उखान छ नि रुझेको बिरालो हो त्यहीँ भावमा एक्लै जानुपर्यो ।


सायद संसारमा विरलै हुन्छन् होला यस्ता भाउजु जस्ले नन्दको मिर्तु भएको प्रमाणिात गर्न सहि छाप लगाएर प्रमाणित गर्ने हो त्यसमा म परे । तिम्रो अभावमा यो तीन वर्ष जस्तै अझै धेरै यस्तै वर्ष बिताउनु छ तिमिले तीन वर्ष मलाई सानु ,भाउजू भनेर दिएको साथ मायालाई लिएर म कयौं वर्ष बिताउदैँ छु ।

छोटो समयको लागि हो भने कुनै सम्बन्ध होस् या वस्तु त्यसको धेरै माया लाग्छ ,गरिन्छ वा हुन्छ भने जस्तै नै यत्ती धेरै माया ,कियर दिएको नै यत्ती छिट्टै छोडेर जान रहेछ जस्तो लाग्छ।


तिमिले छोडेर गएको महिना,समय वर्षैं पिच्छे आईरहन्छ कास एउटा वर्ष मात्रै भएपनि तिमी आउन नमिल्ने रहेछ
कस्तो बिछोड भयो हाम्रो यो तिमि यो संसारमा पहिलो पट्क पाहिला राख्दा पहिलो शब्द ओया थियो च्या थियो वा अरु केही थाहा भएन तर तिमिले संसार छोड्दाको अन्तिम शब्द भाउजु खोजेको भाउजु सानु अन्तिम शब्द थियो । यो तिम्रो चलायमान हातको अन्तिम स्पर्श तिमिले अन्तिम पटक श्वास लिदैँ गरेको त्यो दृश्य आँखा वरिपरि छ्न् तिमिले अन्तिम पटक बोलेको
।सानु भन्ने शब्द कानमा आज पनि गुन्जिरहन्छ ठोक्किरहन्छ आज पनि मलाई कसैले सानु भनेर बोलायो भने तिमिले बोलाए झैँ मान्छु कहिले झस्किन्छु त कहिले तिम्रो अत्यास मेटेको अनुभुती गर्छु ।


तिम्रो अत्तिनै अत्यास लागेका बेला कसैले सानु भन्दा अंगालो हालेर त्यहिँ अगांलोलाई तिमी सम्झिएर कसेर रोईदिउ जस्तो लाग्छ फ़ेरि आफुलाई समाल्छु तर सानु शब्द सुन्न, देख्न साथ पहिलो याद तिमी हुन्छेउ मेरो लागि,
तिमिलाई याद गर्ने कुराहरु अनगिन्ती छन् तर सानु शब्द तिमिले मेरो लागि जन्मदिएकी हौँ जस्तै लाग्छ ।


त्यो दिनहामि माथी यो ब्रजपात परिरहदा साथ सहयोग,आश्वासन ,सहानुभूति दिनुहुने त्यो महामारी मा एक कल फोन म्यासेजकै भरमा हस्पिटलमा बेड मिलाईदिनु हुने ,अक्सिजन ,गाडी देखि हरेक कुरामा जस्ले जस्ले साथ दिनुभयो आज यहाँ सबैको नाम लिन सम्भव नभएपनी सबै प्रती म लगायत मेरि परिवार सधैव ऋिणी छ कृतज्ञ छौँ उहाँहरु सबै हाम्रो लागि ईस्वर बनेर मनमा बसिरहनु भएको छ र जो जो रमिते बन्दिनु भयो जस्ले जस्ले नजर अन्दाजमै के बित्ला त्यो परिवारमा अहिले हामिले यो बोल्दा, गर्दा, भन्दा, नसोची यस्तो अरे यो अरे भन्दै गित गाउनु भयो हजुरहरुलाई अझै धेरै धन्यवाद ।


म त मिल्ने भय भगवान सङ हजुरहरुको परिवाको सबै सदस्यलाई अजम्बरी नै राख्नको लागि प्राथना गर्ने थिए के गरौं यो कुरा हाम्रो बसमा नहुनेतर पनि हिन्दै गर्दा सधै सम्मो फराकिलो बाटो आउदैँन कहिले काहीँ उकालो ओरालो कत्तै हिलो,धुलो ढुङ्ग्यान मा पनि हिन्नुपर्छ यसैबाट त जिन्दगी ज्युन अझै सजिलो हुन्छ भन्ने पाठ सिकाउनु भयो ।त्यसको लागि पनि धन्यवाद भन्छु ।


र अन्त्यमा,
तिमिले छोडेर गएको दिनबाट कत्तै भगवानको मुर्ती देख्दा होस् या मन्दिर पस्दा सबैभन्दा पहिला मैले माग्ने बरदान भनौं या प्राथना जहिले पनि भगवान कुनै पनि आमाबुबाको आफ्नो आँखा अगाडी सन्तान अघि नलगाईदेउ
अर्को कि पहिला नै आफैँ सङ् राख जन्म नदेउ यदि जन्म दिएर छिट्टै तिमिलाई नै यो कलिलो उमेरमा चाहिन्छ भने जन्म नै नदेउ ।

तिमी जहाँ छौँ खुसीका साथ रहुं केहि कुराको अभाव भए गार्‍हो सार्हो अप्ठ्यारोमा परेकी छौँ र यहाँ बाट म केही गरेर तिमिलाई सहज सजिलो हुन्छ भने सपनामा आएर भन केही दिक्षे देउँ हिजो तिम्रो लागि तिम्रो सानु जे थिए आज पनि उहीँ र भोलि पनि तिम्रो सानु नै रहने छे म बाट गर्नुपर्ने म गर्नेछु ।


अर्को जन्म हुन्छ हुन्न थाहा छैन यत्ती हुन्छ र भयो भने तिम्रै सानु हुन पाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *