हरेवा आधारभूत विद्यालय गुल्मीको स्वर्ण महोत्सव भोलिदेखी, तयारी पुरा

साबित्रा पौडेल, मंसिर ३० गुल्मी ।

हरेवा आधारभूत विद्यालय चन्द्रकोट गाउँपालिका ६ हरेवा गुल्मीले भोलिदेखी स्वर्ण महोत्सव मनाउदै छ ।

भोली अर्थात पुष १ गतेदेखि ५ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी स्वर्णमहोत्सव मनाइने स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ ,

विद्यालयले स्वर्ण महोत्सवको अवसरमा वडा स्तरीय भलिबल रनिङ कप प्रतियोगिता, चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ अन्तर्गतका प्रावी स्तरीय विद्यार्थीहरूको हाजिरिजवाफ प्रतियोगिता, विभिन्न लोक तथा सांस्कृतिक कार्यक्रम, चन्द्रकोट गाउँपालिका अन्तर्गतका निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरूको स्पेलिङ कन्टेस्ट, मावि स्तरीय एकल लोक नृत्य प्रतियोगिता लगायतका विविध कार्यक्रमहरूको आयोजना गरेको छ।
साथै स्वर्ण महोत्सवको चौथो दिन अर्थात् पुष ४ गते चर्चित लोकदोहोरी गायिका मञ्जु भट्टराई, नारायण बीपी परियार, विक्रम बाबु विश्वकर्मा, उदय पुन लगायतका कलाकारहरूलको बेजोड सांगीतिक प्रस्तुति रहनेछ।

स्वर्ण महोत्सवको लुम्बिनी प्रदेशका पूर्व विकासमन्त्री सुदर्शन बराल र जिल्ला विकास समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री तथा गाउँपालिकाका पदाधिकारीहरूले उद्घाटन गर्नुहुने विद्यालयका प्रधानाध्यापक झविलाल शर्मा पौडेलले जानकारी दिनुभयो ।


स्वर्ण महोत्सवको अवसरमा बाजा गाजा सहित चन्दादाताहरुको सम्मान गरि विद्यालयका आन्तरिक कार्यक्रम सहित पुरस्कार वितरण गरी कार्यक्रमको समापन गरिनेछ भने पुष ५ गते साँझ दिपावलीको समेत आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *