साबित्रा पौडेल , जेठ १ गुल्मी ।
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ छत्रकोट गाउँपालिका गुल्मीले पालिकाका अग्नि पिडितहरुलाई राहत स्वरुप नगद हस्तान्तरण गरेको छ ।
अखिल नेपाल महिला संघ छत्रकोट गाउँपालिकाले पालिकाभित्रका आगलागी प्रभावित नागरिकको सहयोगका लागि सोमबार गाउँपालिकाको कार्यालय चोयगामा पुगी गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई नगद २३ हजार ९ सय १५ रुपैयाँ हस्तान्तरण गरेको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , लेखापाल प्रेमलाल भण्डारी , गाउँपालिका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत श्यामसुन्दर पोखरेल , कार्यपालिका सदस्य कमला ज्ञवाली तथा साबित्रा बि . क , वडा नं ५ खर्ज्याङ्गका वडा सदस्य उर्मिला आचार्य नेपाली , अखिल नेपाल महिला संघ पालिका अध्यक्ष गंगा पन्थ , नेकपा एमाले छत्रकोट पालिका कमिटी अध्यक्ष पिताम्बर अर्याल , नेकपा एमाले पाटी प्रदेश कमिटी सदस्य नर्मदा भण्डारी , अखिल नेपाल महिला संघ पालिका कमिटी सचीव लिला भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सहयोग रकम प्राप्त गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले अखिल नेपाल महिला संघ छत्रकोट गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।
संघले अन्य विपदको बेलामा पनि सहयोग गर्नेमा उहाँले आफू आशावादी रहेको बताउनुभएको छ ।
पालिकाभित्रका अग्नी पीडितलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले रकम संकलन गरि आफूहरूले सहयोग गरेको अखिल नेपाल महिला संघ पालिका कमिटी अध्यक्ष पन्थले बताउनुभयो ।
आफूहरुले यो रकम एकद्वार प्रणालिबाट वितरण गरिएको उहाँको भनाइ छ ।
केही समय अगाडि पालिकाका विभिन्न स्थानमा लागेको आगोबाट छत्रकोट गाउँपालिका ६ दौघा , वडा नं १ हुँगा लगायतका स्थानमा ठूलो क्षति पुगेको थियो ।