छत्रकोटमा स्थानीय पाठ्क्रम निर्माण अन्तिम चरणमा, रायसुझाव लिन मंसिर २९ गते कार्यशाला

विश्वनाथ पाण्डे, मंसिर २६/ छत्रकोट गाउँपालिका गुल्मीले स्थानीय पाठ्यक्रम निर्माणको काम अघि बढाएको छ । गाउँपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत कक्षा एकदेखि आठसम्मको आफ्नै पाठ्यक्रम बनाउन लागेको हो ।

त्यसका लागि तयार पारिएको मस्यौदामा यही मंसिर २९ गते सुझाव संकलन गर्न एक कार्यशाला आयोजना गरिएको शिक्षा अधिकृत टिकाराम आचार्यले जानकारी दिनुभयो ।

राष्टिय पाठ्यक्रम प्रारुप मापदण्ड अनुसार कक्षा आठसम्म प्रत्येक कक्षामा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न लागिएको हो । यसका लागि वि.सं. २०७८ मा उत्तर कुमार पराजुलीको अध्यक्षतामा स्थानीय पाठ्यक्रम निर्माण समिती बनेको थियो ।

अधिकृत आचार्यकै संयोजकत्वमा बनेको मस्यौदा लेखन समितीले प्रारम्भिक मस्यौदा तयार पारेपनि केही समय यसले गति लिन नसकेको थिएन । त्यस बीचमा विषयविज्ञ र सरोकारवालासँग विभिन्न चरणमा भएका छलफल र अन्तरक्रियापश्चात प्रारम्भिक मस्यौदा तयार भएको हो ।

“स्थानीय पाठ्यक्रम निर्माण शैक्षिक उन्नयन र सीप विकासको एक महत्वपूर्ण अंग हो” अधिकृत आचार्यले भन्नुभयो “त्यसका लागि यहाँका शैक्षिक, बौद्धिक, लगायत सरोकारवाला सबैबाट आवश्यक रायसुझाव लिन खोजिएको हो ।”

गाउँपालिका भित्रको समग्र परिवेशलाई संलग्न गरी निर्माण गर्न लागिएको विषयमा सरोकारवाला सबैले तोकिएको समयसम्म आफ्ना रायसुझाव दिन सक्ने र त्यसरी प्राप्त सुझावसमेतलाई समेटेर निर्माण गरिने पाठ्क्रम आगामी शैक्षिक सत्रदेखि लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *