पौष २५ गुल्मी/दिपा पन्थ;
श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमा एकदिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा गठित शिक्षक अभिभावक संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा नर्सरी देखि ३ सम्म का द्यार्थीहरुको शैक्षिक उपलब्धि सम्बन्धि विविध छलफल एवं अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा कक्षा नर्सरी देखि ३ सम्मका विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षा र दोस्रो अर्धवार्षिक परिक्षाको नतिजा विश्लेषण साथै उनीहरुको वर्तमान अवस्था र शैक्षिक सुधारका लागि भावी योजना निर्माण गर्न विद्यार्थीका अभिभावक, विद्यार्थी, शिक्षक एवं सरोकारवालाहरु सङ्ग आवश्यक छलफल समेत गरिएको छ।
बाल शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई शिक्षक र अभिभावक दुबैले उनीहरूको भविष्य निर्माणमा विशेष ध्यान दिनुपर्ने र पहिले बालबालिकाको सोच राम्रो गराउने सङ्गै अन्य विषयमा आफ्ना आफ्ना सुझावहरु कार्यक्रममा प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले विद्यालयमा पठनपाठन भए नभएको र आफ्ना बालबालिकाले गर्ने क्रियाकलापमा समेत अभिभावकले निगरानी राख्नुपर्ने लगायत अभिभावकले उठाएका समस्याहरुको समाधानका विषयमा राय सुझाव दिएका थिए।
शिक्षक अभिभावक संघ अध्यक्ष तारा कंडेलको सभाध्यक्षता रहेकोे कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण कंडेल,विद्यालयका प्रधानाध्यापक बिकास चन्द्र खरेल, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु,शिक्षकहरू र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन शिक्षक रमेश पन्थले गर्नुभएको थियोे ।