साबित्रा पौडेल, पुस २४ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी गरिने भएको छ।
माघे संक्रान्ति मेलाको अवसर पारी जिल्लाको रुरु क्षेत्र गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मी, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी गरिने भएको हो।
जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
मेलामा जिल्लाभित्रका कृषकहरूले उत्पादन गरेका घोंगा तथा बाला वा झोप्पासहित खाद्यान्न बाली, बोट सहित तरकारी, आलु, टमाटर, कोसेबाली, सिंगो कन्दमूल, जरेबाली, हाँगा सहित कफी, अमिलो जातका फलफुल, मसला बाली, बिउ बिजन, चाका सहितको मौरी लगायतका कृषिजन्य वस्तुहरू साथै रैथाने बालीको पनि प्रदर्शनी गराउन सक्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो।
मेलामा प्रदर्शनी भएका कृषिजन्य वस्तुहरुलाइ विभिन्न विधामा वर्गीकरण गरी उत्कृष्ट हुने कृषकहरूलाई पुरस्कार समेत प्रदान गरिनेछ। ।
यसपालिको माघे संक्रान्ति मेला माघ १ गतेदेखि माघ ६ गतेसम्म लाग्दैछ ।