साबित्रा पौडेल, मंसिर २१ गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकामा यहीँ मंसिर १६ गतेदेखि संचालन भएको एकीकृत घुम्ती शिविर आज सकिएको छ।
मंसिर १६ गते गाउँपालिकाको वडा नं ४ दिगामबाट सुरु भएको शिविर आज वडा नं १ हुगाँमा सम्पन्न भएसङ्गै समापन भएको हो।
गाउँपालिका भित्रका नागरिकलाई गाउँपालिकामा प्रदान गरिने सेवा वडाबाटै प्रदान गर्ने उद्देश्यले संचालन गरिएको शिविरमा ३५४ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो।
आज हुगाँमा सम्पन्न शिविरमा ५६ जना नागरिकले सेवा लिएका छन।
जसमध्ये २८ जनाले अपाङ्ग परिचय पत्र नवीकरण गराएका छन
।
१३ जनाले ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन् भने ८ जनाले योजना सम्झौता तथा ७ जनाले टोल बिकास दर्ता गराएका थिए।
यसैबिच शिविरको पहिलो दिन दिगाममा संचालन भएको शिविरमा ८९ जनाले सेवा लिएका थिए।
यस्तै खर्ज्याङ्गमा सम्पन्न शिविरमा २९ जना तथा हर्दिनेटामा ६३ जनाले सेवा प्रदान गरेका थिए।
शिवीरको चौथो दिन वडा नं ६ दौघामा सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो।
दौघामा सम्पन्न भएको शिविरमा ४२ जना नागरिकले सेवा लिएका थिए।
यस्तै शिविरको पाचौं दिन पल्लिकोटमा सेवा प्रदान गरिएको र ७५ जनाले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिनुभयो।
गाउँपालिकाका ६ वटै वडामा ६ दिनसम्म संचालन भएको शिविरमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षता रहेको थियो।