
असार २३ , गुल्मी ।
आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
यस्तै आज कोशी, मधेस वागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा ठूलो पानी परिरहेको छ । लुम्बिनी र गण्डकीका सबैजसो क्षेत्रमा तीन दिनदेखि पानी परिरहेकाले जमिन गलेको तथा खोला नालामा पानीको बहाव बढेकाले प्राकृतिक विपत्तीको जोखिम रहेको छ ।