स्थापना दिवसको अवसरमा छत्रकोट गाउँपालिकाले विविध कार्यक्रम गर्दै

साबित्रा पौडेल, फागुन २४ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।

गाउँपालिकाले आफ्नो ८ औं बार्षिकोत्सवको अवसरमा गाउँपालिका भित्र रहेका कला संस्कृति झल्किने सबै वडा बाट बाजागाजाको साथमा झाकी प्रदर्शन , पञ्चेबाजा , भजन , सोरठी , सराय नाच लगायतका विविध कार्यक्रम गर्ने भएको हो ।

गाउँपालिकाले यहीँ फागुन २७ गते आइतबार आठौं स्थापना दिवस मनाउदैँ छ ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।