सावित्रा पौडेल असोज २०/ गुल्मीको रुरुक्षेत्र गाउँपालिका बलेटक्सारस्थित सिंदुरेमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सिदुंरे सिर्जनशिल युवा क्लब रुरुक्षेत्र ४ बलेटक्सार सिदुंरे गुल्मीको आयोजनामा यहीँ असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म सिदुंरे प्रा.वि को प्राङ्गणमा भलिबल प्रतियोगिता सङ्गसङ्गैँ भेट्रान्स प्रतियोगिता,खुल्ला रेकर्ड डान्स,रस्साकस्सि प्रतियोगिता,म्युजिकल चियर प्रतियोगिता,भाले छोपाई प्रतियोगिता लगायत अन्य विविध खेलकुद कार्यक्रम हुन लागेको हो।
वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क नगद ३०००,खुल्ला रेकर्ड डान्सको लागि नगद ५००,रस्साकस्सिको लागि नगद ४०० लाग्ने क्लबका अध्यक्ष बिशाल थापाले बताउनुभयो ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ३०,००० ट्रफी,मेडल र प्रमाणपत्र तथा द्वितीयले नगद २०,००० ट्रफी मेडल र प्रमाणपत्र र तृतीय हुनेले नगद १०,००० ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्नेछन।
त्यस्तै प्रतियोगितामा खुल्ला रेकर्ड डान्सतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५,००० मेडल र प्रमाणपत्र,३,००० मेडल र प्रमाणपत्र र नगद २,००० मेडल र प्रमाणपत्र प्रदान गर्नेछन भने रस्साकस्सी तथा म्युजिकल चियर प्रतियोगितातर्फ प्रथम हुनेलाई नगद १५०० द्वितीय हुनेलाई १००० र तृतीय हुनेलाई नगद ५०० पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो ।
प्रतियोगितामा बेस्ट खेलाडी ट्रफी,मेडल र प्रमाणपत्र,अनुशासित खेलाडी मेडल र प्रमाणपत्र,बेस्ट सटर मेडल र प्रमाणपत्र,बेस्ट ब्लकर,बेस्ट डिफेन्सर मेडल र प्रमाणपत्र तथा उदयमान युवा खेलाडी मेडल र प्रमाणपत्र र बेस्ट भेट्रान खेलाडी ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
खेल प्रचलित टि.टि सिस्टममा खेलाइने खेल संयोजक जनक रेश्मीले बताउनुभयो।