रुरु क्षेत्र धाममा प्रथम रुरु क्षेत्र शालिग्राम महोत्सव २०८२ सञ्चालन हुँदै

साबित्रा पौडेल, वैशाख २३ गुल्मी ।

गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र धाम रिडीमा प्रथम रुरुक्षेत्र धाम शालिग्राम महोत्सव सञ्चालन हुने भएको. छ ।

रुरुक्षेत्र गाउँपालिका गुल्मी, कालिगण्डकी गाउँपालिका स्याङ्जा र प्रयटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा हुन लागेको शालिग्राम महोसत्वमा पाल्पाको तानसेन नगरपालिका मुख्य आयोजक रहेको छ ।

नेपालको चारधाम मध्येको एक धाम रुरु क्षेत्रथाम ऋषिकेश मन्दिरको परिसरमा शालिग्राम दिवसको अवसरमा हुन लागेको प्रथम रुरु क्षेत्र शालिग्राम महोत्सव यही वैशाख २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुनेछ।

महोत्सवमा गण्डकी स्नान, शालिग्राम तथा ऋषिकेश पूजा, सांस्कृतिक झाँकी प्रदर्शनी, उद्घाटन समारोह, विशेष कलाकारहरू बाट सांस्कृतिक भाषण प्रस्तुत, गंगा आरती, कालीगण्डकी नदी, शालिग्राम र ऋषिकेश मन्दिरका विषयमा कार्यपत्र प्रस्तुत, रुरुक्षेत्र घोषणा पत्र जारी लगायतका विविध कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *