मंसिर १९ गुल्मी, इस्वरी बश्याल /
दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जना कामदार लैजाने पक्रिया शुरु गरेको छ ।
इपीएस अन्तर्गत यस वर्षदेखि कोरियाले उत्पादनमूलक क्षेत्रमा पनि नेपाली कामदार लैजान लागेको हो ।
आगामी पुस २ गतेदेखि ६ गतेसम्म अनलाइन आवेदन दिन सकिने र परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने ईपीएस शाखाले जनाएको छ।
यस अन्तर्गत १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।
भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उच्च अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिने सुचनामा उल्लेख गरिएको छ ।
कृषि र अन्य क्षेत्रमा नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा रहँदै आएको छ ।
परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाईनबाट मात्र भर्नु पर्नेछ ।