हरितालिका तीजको अवसरमा शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक विदा

साबित्रा पौडेल,भदौ २० गुल्मी ।

हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशभर भोलि सार्वजनिक विदा दिएको जनाएको छ।

प्रदेश सरकार मन्त्रिपरिषदको विसं २०८० साल चैत २० गते बसेको बैठकको निर्णयअनुसार भोलि हरितालिका तीजको अवसरमा सार्वजनिक विदा दिने निर्णय अनुसार प्रदेशभर सार्वजनिक विदा दिएको उपसचिव राजेन्द्र प्रसाद पन्थीले जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व भोलि देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयमा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्ष उल्लासका साथ मनाउन थालेका छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।

हेर्नुहोस् सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *