धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको १४ औँ साधारण सभा

बासुदेव पोखरेल, कार्तिक १६, गुल्मी ।
धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको १४औं साधारण सभा बिहीबार विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।

क्याम्पसको प्रांगणमा भएको यस कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता र लुम्बिनी प्रदेशका मन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ ‘ख’ का सांसद दिनेश पन्थीको प्रमुख आतिथ्य रहेको थियो। विशेष अतिथिका रूपमा धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीले कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो।

वडा नम्बर ५ का अध्यक्ष केशवराज भण्डारी, वडा नम्बर ७ का अध्यक्ष लिला बहादुर खनाल, विभिन्न राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रतिनिधिहरू, शिक्षाविद्, बुद्धिजीवी, विद्यार्थी, र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो।

प्रमुख अतिथि दिनेश पन्थीले क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार ल्याउने महत्त्वबारे बोल्दै पछिल्लो समयमा घट्दै गएको विद्यार्थी संख्याको चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले क्याम्पसले ग्रामीण शिक्षामा पुर्याएको योगदानको प्रशंसा पनि गर्नुभयो।

विशेष अतिथि सीता गिरीले क्याम्पसले गाउँपालिकामा मात्र नभएर धेरै ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई उच्च पद र जिम्मेवारीका अवसर प्रदान गरेको उल्लेख गर्दै क्याम्पसको योगदानको प्रशंसा गर्नुभयो। यसका साथै अन्य वक्ताहरूले पनि क्याम्पसले ग्रामीण क्षेत्रमा पुर्याएको शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै प्रगति गर्ने शुभकामना व्यक्त गरे।

कार्यक्रममा क्याम्पस प्रमुख ऋषिराम पाण्डेले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने, कोषाध्यक्ष खिमानन्द भण्डारीले क्याम्पसको आय-व्यय विवरण प्रस्तुत गर्नुभयो। कार्यक्रम क्याम्पसका उपप्राध्यापक जितेन्द्र भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *