रुरुक्षेत्र गाउँपालिकाले सहकारी दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउदैँ

साबित्रा पौडेल , चैत १९ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सहकारी दिवस मनाउने भएको छ ।

गाउँपालिकाले “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नारासहित ” ६७ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउने भएको हो ।

गाउँपालिकाले दिवसको अवसरमा गाउँपालिका भित्रका अन्तर सहकारी संस्थाहरुबीच सहकारीता सम्बन्धि गीत तथा नृत्य प्रतियोगिता ,वित्तिय साक्षरता , संस्थाका समस्या तथा समाधान सहित अन्तरक्रिया तथा विविध कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम गाउँपालिकाको कार्यालयको प्राङ्गण घिउबेंसीमा यहीँ चैत २० गते बिहान ११ बजेदेखि संचालन हुनेछ ।

गीत तथा नृत्य प्रतियोगितामा बाध्यबाधक सहित ७ जना सहभागी हुन सकिने र सहभागी व्यक्ति सम्बन्धित सहकारी संस्थाको सदस्य हुनुपर्ने तथा सहकारीता प्रबर्द्धन ,वित्तीय साक्षरता र सहकारीको उद्धेश्य , मुल्य मान्यता अभिवृद्धि गर्ने किसिमको गीतलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार , द्धितिय हुनेलाई नगद ४ हजार , तृतीय हुनेलाई नगद ३ हजार र सान्त्वना हुनेलाई २ हजार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *