गुल्मीको गुल्मीदरबारमा नवप्रभात मार्फत संचालित Treats Project काे समिक्षासँगै समापन

पुष १६, गुल्मी, नवीन कार्की ।


गुल्मीकाे गुल्मीदरबार गाउँपालिकामा नवप्रभात युवा संघले Treats Project मार्फत गरेका गतिविधिकाे समिक्षासँगै समापन गरेको छ । सन् २०२१ देखि २०२३ सम्म तीन वर्ष यस प्रोजेक्टले गाउँपालिकामा स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी र जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

तीन वर्षीय यस कार्यक्रमकाे समापन सन् २०२३ काे अन्त्यसँगै भएको नव प्रभात युवा संघ गुल्मीका संयाेजक धातानन्द भुसालले जानकारी दिनुभयो । संयोजक भुसालले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै प्रोजेक्टकाे तीन वर्षकाे अवधिमा महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको बताउनुभयो ।

परियोजना समापनका अवसरमा गुल्मीदरबार गाउँपालिकाका एघार वटा माध्यमिक विद्यालयमा स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी र जनचेतनामूलक सम्बन्धि गरेका कार्यक्रमकाे जानकारी गराइएको थियो ।

Treats Project का संयाेजक प्रकाश गुरुङले तीन वर्ष भरका गतिविधिहरु सार्वजनिक गर्नुभएको थियो । कार्यक्रम नव प्रभात युवा संघ गुल्मी र गुल्मीदरबार गाउँपालिकाकाे लगानी साझेदारीमा संचालन भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले परियोजना सफलतापूर्वक सम्पन्न गरेकोमा साझेदारी संस्थालाई धन्यवाद दिदैँ आगामी वर्षमा पनि यस्तै प्राेजेक्ट संचालन गर्नुपर्ने बताउनुभयो । लैंगिक समानता र समावेशीतालाई समेटेर अगाडि बढाएको र यसलाई वार्षिक नीति तथा कार्यक्रम बनाएर थप कार्यक्रम संचालन गर्ने उहाँको ‍भनाइ छ ।

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले नवप्रभात युवा संघमार्फत गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न कामहरु सम्पन्न गरेको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *