स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भएपछी बलेटक्सार स्वास्थ्य चौकी गुल्मीबाट प्रदान गरिने सेवा बन्द!

माधब ज्ञवाली,मङ्सिर १० गुल्मी :   

बलेटक्सार स्वास्थ्य चौकी रुरुक्षेत्र गाउँपालिका वडा न.४ बलेटक्सार गुल्मीमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँ बाट प्रदान गरिने सेवा बन्द गरिएको छ ।
गाउँपालिकाले आज एक सुचना जारी गर्दै सङ्क्रमण पुष्टि भएका ब्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् ट्रेसिङको रिपोर्ट नआउँदा सम्मको लागि कोरोना भाइरसको सङ्क्रमणको दर न्यूनीकरण गर्ने उदेश्य सहित स्वास्थ्य चौकिबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस