गुल्मीदरबार गाउँपालिका गुल्मीबाट प्रदान हुने सेवा केही दिनको लागि बन्द

दिपा पन्थ, मंसिर ७, गुल्मी :   

गुल्मीदरबार गाउँपालिका गुल्मीको गाउँकार्यपालिका परिसरमा बस्ने एक महिलामा कोभिड १९ को संक्रमण देखिएपछि आज देखी मंसिर ११ गते सम्म गाउँपालिकाबाट प्रदान हुने सेवा बन्द हुने भएका छन् ।
गाउँपालिकामा आज बसेको LCCMC को बैठकको निर्णयअनुसार संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आज (२०७७–८–७) देखि यहि मंसिर ११ गते सम्म गाउँकार्यपालिका बाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने जानकारी गराईएको छ ।
साथै स्वास्थ्य शाखा, कृषि शाखा, पशु स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकुद शाखा पूर्वाधार रोजगार शाखा यथावत रुपमा सुचारु हुन प्रमूख प्रसासकिय अधिकृत लक्ष्मण पाण्डेले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.