स्वर्गीय बुवाको सम्झनामा मन्दिर निर्माणमा करिब ४ लाख सहयोग , भाइले खिमलालले गणेशको मन्दिर बनाउने

भुबन भुसाल मङ्सिर ५ गुल्मी ।

गुल्मीका एक प्रतिष्ठित सामाजसेवी स्वर्गीय राम प्रसाद पन्थको सम्झनामा वहाँको परिवारले मन्दिरको बिकासमा करिब ४ लाख सहयोग गरेको छ । गुल्मी छत्रकोट गाउँपालिका वार्ड न ३ लुम्छा काउले जन्मस्थान भइ पछि तम्घासमा बसोबास गर्दै आउनुभएका स्वर्गीय राम प्रसाद पन्थ पन्थ निर्माण सेवाका संचालक एवम गुल्मी जिल्लाका सर्वाधिक प्रतिष्ठित निर्माण ब्यवसायी समेत हुनुहुन्थ्यो । केही बर्ष अगाडि पाल्पामा सडक दुर्घटनामा परि वहाँको देहावसान भएको थियो । हिजो मङ्सिर ४ गते वहाँको जन्मदिनको अवसर पारेर वहाँका श्रीमती सीता पन्थ , छोरा सागर पन्थ एवम परिवारले नगद ३ लाख ५० हजार छत्रकोट ३ मा अवस्थित देबि भगवती मन्दिरको बृहत्तर बिकासमा सहयोग गर्नुभएको छ । त्यस्तै वहाँका भाइ खिमलाल पन्थले मन्दिर परिसरमा भगवान श्री गणेशको मन्दिर बनाउने इच्छा ब्यक्त गर्नुभएको छ । ” वहाँको पहिल्यै देखि समाज सेवामा रुचि थियो , स्वर्गबास हुनुभन्दा पहिला जहाँ आवस्यक हुन्छ त्यहाँ सहयोग गरिरहनु हुन्थ्यो आज वहाँको जन्मस्थलमा सहयोग गर्न पाउँदा आनन्द महसुस भएको छ ” श्रीमती सीता पन्थले भन्नुभयो । दाइ भएको भए आज अझै धेरै सहयोग गर्नुहुन्थ्यो होला भनेर वहाँको नाममा मन्दिर बनाउने भएका हौ , स्वर्गबाट देख्न मिल्छ भने पक्कै दाइ यो कुरा सुनेर खुसी हुनुभएको होला ” भाइ खिमलाल पन्थले भन्नू भयो । यस सङ्गै वहाको जन्मदिनको अवसर पारेर वहाका छोरी ज्वाइँ वर्षा पन्थ अर्याल र सुमन अर्यालले १५ हजार , भतिजी एवम ज्वाइँ शृजना पन्थ अर्याल र नवीन अर्यालले नगद १० हजार र भान्जा बिनोद भण्डारीले नगद ६ हजार ५ सय सहयोग गरिसक्नु भएको छ । ” देशले एक सपूत जन्मायो भने मरण पर्यन्त पनि समाजले केही न केही पाउछ भन्ने उदाहरण राम प्रसाद दाइले प्रस्तुत गर्नुभएको छ , आज वहाँ हुनुभएको भए हाम्रो समाज एक स्टेप माथी हुन्थ्यो वहाँलाई हार्दिक श्रद्धासुमन” समाजसेबी धातानन्द भुसालले भन्नू भयो । मृत्यु हुनुभन्दा केही दिन अगाडि वहाँले यो ठाउँमा एउटा घर बनाएर बस्ने रहर गर्नु भएको र जग्गाको खोजी समेत गर्नुभएको स्थानिय बताउछन ।

Leave A Reply

Your email address will not be published.