चाडपर्व मनाउने खर्च कटौती गर्दै समाजसेवी भिम पौड्याल द्वारा आमा समुहलाई आर्थिक सहयोग

माधब ज्ञवाली , मङ्सिर ०३ गुल्मी :
लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष ,नेकपा का नेता एवम् समाजसेवी भिम पौड्यालले आफुले यस बर्षको दशै र तिहारमा गर्ने खर्च कटौती गरि आमा समुहलाई सहयोग गर्नुभएको छ । अंकुर स्वास्थ्य आमा समूह रुरुक्षेत्र गाउँपालिका वडा न.६ रिमुवाको अधुरो बहुउद्देश्यीय भवन निर्माणको लागि उहाँले नगद सहयोग गर्नुभएको हो ।
सामाजिक सोच र समाजप्रतिको उत्तरदायित्व सबैले लिदैँ अर्ति उपदेश हैन हरेक राम्रो कार्य सानो भएपनि आफैबाट सुरु गर्नुपर्ने बताउँदै उहाँले आमा समुहलाई नगद रु. पच्चीस हजार(रु.२५,०००/-) सहयोग गर्नुभएको हो । आफुले गरेको यस् सामाजिक कार्यले भोलिका दिनहरुमा चाडपर्वहरुमा हुने फजुल खर्चलाई न्यूनीकरण गर्न सहयोग गर्ने बिश्वास प्रकट गर्दै उहाँले यस् आमा समुहको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
युवा नेता एवम् समाजसेवी यदु ज्ञवालीले संचालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधिहरु र आमा समुहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.