दिवङ्गत बुवा मुमिश्वर अर्यालको सम्झनामा मन्दिरलाइ ५१ हजार १ सय ५१ सहयोग

भुबन भुसाल , कार्तिक ३०

गुल्मी जिल्लाको छत्रकोट ३ भालुपानीका शिबलाल अर्यालले आफ्ना बुवाको पुण्य तिथिको अवसर पारेर आफ्नो घर नजिकको मन्दिर निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

यहाँ जन्मघर भै हाल अस्ट्रेलिया सिड्निमा बसोबास गर्दै आउनुभएका शिबलाल अर्याल एवम वहाको परिवारले मन्दिरको बृहत्तर बिकासका लागि सुरु गरिएको अभियानका लागि नगद ५१ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

शिवलालले अस्ट्रेलियामा बस्दा समेत नेपालमा दुखमा परेका नेपालीलाई सहयोग गर्दै आउनुभएको छ । वहाँका बुवा स्वर्गीय मुमिश्वर अर्याल र आमा लिलादेबी अर्यालले मन्दिरको निर्माण र संचालनमा अहम भुमिका निर्वाह गर्नुभएको थियो ।

आफू बाध्यताले परदेशिनु परेपनी आफ्नो बाबा आमाले समेत मेहनत गरेर संरक्षण गरेको मन्दिरको बिकासमा सहयोग गर्न पाउँदा खुसी लागेको अर्यालले बताउनु भएको छ । आजकाल जन्मदिन पुन्य तिथि लगायतका बिशेष दिन मनाउने चलन समेत यस्ता महान सामाजिक ब्याक्तित्वका कारण रचनात्मक बन्दै गएका छन ।

बिशेष दिनमा फजुल खर्च कटाएर सामाजिक काम गर्दा एकातिर बिकास निर्माणमा सहयोग पुगेको छ भने अर्को तर्फ ती दिन सधैका लागि जिवन्त रहने गरेका छन ।

Leave A Reply

Your email address will not be published.