दिवङ्गत बुवाको पुण्य तिथिमा मन्दिर निर्माणमा सहयोग गर्ने शालिकराम

भुबन भुसाल , कार्तिक २९ गुल्मी

गुल्मी छत्रकोट ३ भालुपानीका शालिकराम अर्यालले आफ्ना बुवाको पुण्य तिथिको अवसर पारेर आफ्नो घर नजिकको मन्दिर निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । यहाँ जन्मघर भै हाल अस्ट्रेलिया मेलबर्नमा बसोबास गर्दै आएका शालिकराम र पत्नि गिता अर्याल छोराहरु सुरज र सचिन अर्यालले मन्दिरको बृहत्तर बिकासका लागि सुरु गरिएको अभियानका लागि नगद ५० हजार १ सय ५१ सहयोग गर्ने घोषणा गर्नुभएको हो । शालिकरामले अस्ट्रेलियामा बस्दा त्यहाँ समेत दुखमा परेका नेपालीलाई सहयोग गर्दै आउनुभएको छ ।

वहाँका बुवा स्वर्गीय मुमिश्वर अर्याल र आमा लिलादेबी अर्यालले मन्दिरको निर्माण र संचालनमा अहम भुमिका निर्वाह गर्नुभएको थियो । यस दिन वहाँले आफ्ना हजुरबुबा दामोदर अर्याललाई समेत सम्झेको बताउनु भएको छ । आफू बाध्यताले परदेशिनु परेपनी आफ्नो बाबा आमाले समेत मेहनत गरेर संरक्षक गरेको मन्दिरको बिकासमा सहयोग गर्न पाउँदा खुसी लागेको अर्यालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.