कोरोना पुष्टि भएकाहरुसङ्ग प्रत्यक्ष सम्पर्कमा कोहिपनि आएको नपाइएकोले कन्ट्याक्ट् ट्रेसिङ नगरेका हौं ;रुरुक्षेत्र स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारी

माधब ज्ञवाली , कात्तिक १९ गुल्मी :

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न.४ बलेचौरका एकजना ४८ बर्षिया पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा हुँदै भरतपुर पुग्नुभयो। कोरोना परिक्षण गर्दा उहाँलाई कात्तिक ४ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भयो र उपचारका क्रममा उहाँको ज्यान गयो ।
गुल्मीको चोरकाटेमा आफ्नै ब्यापार ब्यवसाय गर्दै आउनुभएका उहाँको श्रीमती,छोरा र छोरी ६ गते चोरकाटे बाट आफ्नो घर बलेचौर आउनुभयो ।
रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीका अनुसार कात्तिक ९ गते उहाँहरु लगायत मृत्यु भएका पुरुषसङ्ग सम्पर्कमा आएका गरि जम्मा ८ जनाको स्वाव सङ्कलन गरियो,जसमध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
त्यस लगत्तै बजारमा कहिँ कतै कोरोना पोजेटिभ देखिएकाहरुसङ्ग सम्पर्कमा आएकाहरुले स्वाव सङ्कलन गर्न नमानेको र जसको फलस्वरूप कोरोना भाइरसको त्रास झनै बढेको टिकाटिप्पणी हुन पनि थाले।त्यसको सत्यतथ्य के हो भनि स्वास्थ्य शाखा प्रमुखसङ्ग बुझ्दा पछि कोरोना पुष्टि भएका २ जनाको प्रत्यक्ष सम्पर्कमा कोहिपनि आएको नपाइएकोले स्वाव सङ्कलनको कार्य नगरेको स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो ।
उहाँको अनुसार स्थानीय जनप्रतिनिधिहरुलाई बोलाएर सोधपुछ गर्दा पनि उनिहरुको प्रत्यक्ष सम्पर्कमा कोहि पनि नआएको बताइएकोले स्वाव सङ्कलन अथवा कन्ट्याक्ट् ट्रेसिङको कार्यलाई अघि नबढाइएको उहाँले बताउनुभयो । कहिँ कसैलाई सामान्य लक्षण देखिए पनि स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन पनि अनुरोध गरिएको उहाँको भनाई रहेको छ ।
स्वाव सङ्कलन गर्न नमानेको भन्ने कुरा हल्ला मात्र रहेको र हल्लाको पछि नलाग्नुहुन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.