लुम्बिनी प्रदेशका कोरोना अस्पतालमा नि:शुल्क उपचार यथावत् : मुख्यमन्त्री पोख्रेल

कात्तिक ४, २०७७ मंगलबार : 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको नि:शुल्क उपचारको व्यवस्था यथावत् रहेको बताउनुभएको छ ।
संघीय सरकारले कोरोना परीक्षण र उपचारको शुल्क बिरामीले नै तिर्नुपर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले भने प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको लागि नि:शुल्क उपचारको व्यवस्था भएको फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
परीक्षण उपचारको लागि पनि शुल्क लिने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.