बालदिबस को अबसरमा १ बर्थिङ सेन्टर शुभारम्भ:

रेडियो श्रृङ्गेश्वर, भाद्र ३० :
गुल्मिदरबार गाउपालिकाका २ वटा स्वास्थ्य चौकिहरुमा आज बालदिबसको अबसर पारि एकै दिन २४ सै घण्टे बर्थिङ सेन्टर शुभारम्भ गरिएको छ ।
पालिका अन्तरगत वडा न १ मा रहेको बलिथुम स्वास्थ्य चौकि र वडा न २ मा रहेको जुभुङ्ग स्वास्थ्य चौकि मा छुट्टाछुट्टै औपचारिक कार्यक्रम गरि गाउपालिका का अध्यक्ष श्री अशोक कुमार थापाले दुबै बर्थिङ सेन्टर समुद्दघाटन गर्नुभएको थियो । आज बिहान ठिक १० बजे देखि सन्चालन भएको बलिथुम स्वास्थ्य चौकि को बर्थिङ सेन्टर समुद्दघाटन कार्यक्रम मा बलिथुम स्वास्थ्य चौकि सन्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष श्री राम बहादुर पल्लि को अध्यक्षता र अ न मि रिम कुमारि श्रीषको स्वागत मन्तब्य रहेको थियो भने उक्त कार्यक्रम को सन्चालन बलिथुम स्वास्थ्य चौकि का प्रमुख श्री दिल बहादुर थापा ले गर्नुभएको थियो ।

यसै गरि आज नै दिउसो १ बजेदेखि सन्चालन भएको जुभुङ स्वास्थ्य चौकि को बर्थिङ सेन्टर समुद्दघाटन कार्यक्रम मा स्वास्थ्य चौकि सन्चालन तथा ब्यबस्थापन समिति का अध्यक्ष श्री हरिहर गौतम को अध्यक्षता र अ न मि मनिषा पन्थि को स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रम को सन्चालन जुभुङ स्वास्थ्य चौकि का प्रमुख श्री रोशन घर्तिले गर्नुभएको थियो । दुबै कार्यक्रम को प्रमुख अतिथि गाउपालिका अध्यक्ष श्री अशोक कुमार थापा , बिशिष्ट अतिथिमा उपाध्यक्ष श्री मिना भण्डारि र प्रमुख प्रशासकिय अधिकृत्त श्री लक्ष्मण पाण्डे, अतिथिहरुमा स्वास्थ्य अधिकृत श्री नारायण प्रसाद अर्याल, राजनैतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, गाउपालिकाका कर्मचारिहरु, स्वास्थ्यकर्मि, नार्डेक गुल्मिकि कर्मचारि इन्दु अर्याल पन्थि, स्वास्थ्य चौकि ब्यबस्थापन समितिका पदाधिकारिहरु र महिला स्वास्थ्य स्वयमसेबिका लगायत रहनुभएको थियो ।
कार्यक्रममा उद्दघाटन उद्द्घाटन मन्तब्य राख्दै गाउपालिका अध्यक्ष श्री अशोक कुमार थापा ले बिस्तार गरिएका बर्थिङ्ग सेन्टर निरन्तर सन्चालन को आबस्यक औषधि तथा उपकरण को कमि हुन नदिइने बताउदै गाउपालिकाले नागरिकहरु को स्वास्थ्य सेबा लाइ प्राथमिकतामा राखि सेवा बिस्तार लगायतका कार्यक्रमहरु अगाडि बढाउने औल्याउनु भएको थियो । कार्यक्रम का बिशिष्ट अतिथि रहनुभएकि गाउपालिका उपाध्यक्ष श्री मिना भण्डारिले महिला र बालबालिका हरुको स्वास्थ्यमा ध्यान दिदै गाउपालिकाले बर्थिङ सेन्टर बिस्तार गरेको जनाउनु भयो । कार्यक्रम का बिशिष्ट अतिथि एबम प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मण पाण्डेले गुल्मिदरबार गाउपालिका ले अघि सारेको सुखि र सम्मृद्द गाउपालिका बनाउने परिकल्पना पुरा गर्न नागरिकको स्वास्थ्य पहिलो सुचक रहेकोले गाउपालिकाले मात्री तथा नवशिसु स्वास्थ्य लगायत जनस्वास्थ्य का कार्यक्रम लाइ गाउपालिकाले बढवा दिदै आएको र शुभारम्भ भएका बर्थिङ्ग सेन्टर निरन्तर सन्चालन गर्नको लागि गाउपालिका बाट पहल गरिने बताउदै सबै गर्भवति महिलाहरुलाइ स्वास्थ्य सस्थामै प्रसुति गराउनका लागि महिलास्वास्थ्य स्वयमसेबिकाहरुले अहम भुमिका खेल्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रम मा स्वास्थ्य अधिकृत श्री नारायण प्रसाद अर्यालले यस धर्तिमा जन्मिने बच्चाहरु सुरक्षित तबरले जन्मिन पाउनुपर्ने बाल अधिकारलाइ सुरक्षित गर्नको लागि बाल दिबसको अबसर पारेर एकैदिन २ वटा स्वास्थ्य चौकि मा बर्थिङ सेन्टर सन्चालनमा ल्याइएको बताउदै घरमै प्रसुति हुदाका खतरा र बर्थिङ सेन्टर मा प्रसुति हुदाका फाइदाहरु बारे प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रम मा ने क पा का नेता बिष्णु गौतम, जिब बहादुर माझकोटि, नेपालि काङ्रेस का नेता प्रेम पुन राष्टृय जनमोर्चा का नेता नर बहादुर माझकोटि लगायतले शुभकामना मन्तब्य दिदै बर्थिङ्ग सेन्टरको सफलताको कामना गर्नुभएको थियो ।
समारोहकै बिचमा बलिथुम स्वास्थ्य चौकिमा प्रसुति सेवा लिन आउने गर्भवति महिलाको आतेजाते गाडिभाडा आफुले बेहोर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो भने जुभुङ स्वास्थ्य चौकि ब्यबस्थापन समितिका उपाध्यक्ष श्री राम बहादुर श्रेष्ठ्ले बर्थिङ सेन्टर को लागि एउटा ह्विल चियर र १ थान भरिएको अक्सिजन सिलिन्डर निशुल्क प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.