मृगौला पीडितलाई उठेको रकम अर्कि पीडितलाई सहयोग

माधब ज्ञवाली, भदौ २८ गुल्मी :
दुई बर्ष अघि रुरुक्षेत्र गाउँपालिका ३ पानीटङ्की गुल्मी निवासी रेम्बो इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कुल रुरुक्षेत्र ४,बलेटक्सार गुल्मीमा अध्यनरत मिर्गौला पीडित छात्रा बर्षा बिकको मिर्गौला उपचारका लागि संकलन भएको रकम उपचारका क्रममा उनको निधन भएपछि सो रकम बाट केही रकम छत्रकोट गाउपालिका बाँसखर्क निवासी अर्कि मिर्गौला पीडित जमुना बिकलाई हस्तान्तरण गरिएको छ ।
समाजसेवी युवा तथा दलित अधिकारकर्मी दुर्गा घायल बिश्वकर्माले उठाएको सो रकम बर्षाको अभिभावकको सहमतिमा रेम्वो बोर्डिङ स्कुल र दुर्गा घायलको संयुक्त खातामा राखी अन्य मिर्गौला पीडितहरुलाई सहयोग गर्ने सहमती अनुसार नगद रु.पन्ध्र हजार (रु.१५,०००)रुपैया र दुर्गा घायलको ब्यक्तिगत नगद रु .दुई हजार (रु.२,०००)गरि नगद रु.सत्र हजार(१७,०००) रेम्बो बोर्डिङका विद्यालय ब्यबस्थापन समिती अध्यक्ष यम बहादुर खत्री र दलित अधिकारकर्मी दुर्गा घायलले संयुक्त रुपमा जमुनाका आफन्त गोबिन्द बिक लाई हस्तान्तरण गर्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.