रुरुक्षेत्र गाउँपालिकाको कोरोना नियन्त्रण तथा ब्यवस्थापन खर्च सार्वजनिक ६५ लाख बढी खर्च

अनुप ज्ञवाली, भाद्र २७ गुल्मी

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस बाट नेपालमा पनि दिनानुदिन संक्रमणको जोखिम बढीरहदा गुल्मी जिल्ला पनि अलग रहेन। त्यसैगरि गुल्मी जिल्लाको पुर्बी बेल्टमा अवस्थित रुरुक्षेत्र गाउँपलिकामा पनि भारत लगाएत तेस्रो मुलुक बाट आउने हरुमा सुरुवाती चरणमा कोरोना संक्रमण देखिएको थियो । जसको कारण गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि पहल गर्दै आएको थियो । कोरोना नियन्त्रण तथा रोकथामको लागि टोलि गठन भएको लामो समय भएकोले अहिले सम्म विभिन्न शिर्षकमा भएको खर्च सार्वजनिक गरेको छ। गाउँपालिकाले अहिले सम्म जम्मा ६५ लाख ८० हजार ९८४ खर्च भएको जनाएको हो। जसमध्ये क्वारेन्टाइन ब्यवस्थापन, खाना तथा स्वाब संकलन गर्न र पठाउन जम्मा ३३ लाख ७९ हजार ८९३ खर्च गरेको जनाएको हो। त्यसैगरी औषधि माक्स सेनिटाइजर पिपिइ जस्ता स्वास्थ्य सामग्री खरिदमा ११ लाख ४ हजार ६२४ रुपैयाँ खर्च गरेको जानकारी गराएको छ। साथसाथै पहिलो चरणमा खाद्य सामग्री बितरणमा ९ लाख ६१ हजार ४९७ रुपैयाँ र दोस्रो चरणको राहत बितरणमा ११ लाख ३४ हजार ९७० रुपैया खर्च भएको गाउँपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.