प्राथमिक उपचार दिबसको अबसरमा प्राथमिक उपचार किट बक्स बितरण

भदौ २७,गुल्मी

आज गुल्मिदरबार गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयमसेबिका र स्वास्थ्य शिक्षकहरुलाइ प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण गरि सबै सहभागिहरुलाइ प्राथमिक उपचार किट बक्स हस्तान्तरण गरिएको छ |गौडकोट स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति गुल्मिदरबार गाउपालिकाका अध्यक्ष अशोक कुमार थापा , बिशेस अथिति उपाध्यक्ष मिना भन्डारि र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पान्डे रहनुभएको थियो | कार्यक्रम मा लेखा अधिकृत भबिष्य अर्याल र पत्रकार् नबिन कार्किको आतिथ्यता रहेको थियो | उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल, गौडाकोट स्वास्थ्य चौकि का प्रमुख प्रकाश अधिकारि र अ हे व मधुकृष्ण पोख्रेल गर्नुभएको थियो |कार्यक्रम मा १० जना महिला स्वास्थ्य स्वयमसेबिका र ४ जना स्वास्थ्य शिक्षकहरु गरि १४ जना सहभागिहरुलाई अभिमुखिकरण गरि प्राथमिक उपचार किट बक्स बितरण गरिएको थियो |

कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि अशोक कुमार थापा ले गाउपालिकाको स्वास्थ्य सेवा प्रभाबकारि बनाउन र कोभिड १९ रोकथाम तथा नियन्त्रणमा समेत महिला स्वास्थ्य स्वयसेबिकाहरुले महत्वपुर्ण भुमिका निर्बाह गरेको र आगामि दिनमा उहाहरुको सेवा सुभिधा बढाउनको लागि पहल गरिने बताउनुभएको थियो | कार्यक्रममा उपाध्यक्ष मिना भण्डरिले यो तालिम अति आबस्यक भएको र जिबन बचाउने माध्यमको रुपमा भुमिका खेल्ने बताउनुभयो | कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पान्डेले सुखी र समृद्ध पालिका निर्माणमा नागरिकको स्वास्थ सुरक्षा पनि एक महत्वपूर्ण सूचक भएको हुँदा नागरिकको स्वास्थ्य सुरक्षामा ध्यानदिनको लागि महिला स्वास्थ्य स्वयंसेविका ,सहभागि शिक्षक र स्वास्थ्यकर्मीहरु निर्देशन दिनुभएको थियो । स्वास्थ्य शाखाका प्रमुख समेत रहनुभएका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले अरु सबै वडाका ७३ जना महिला स्वयमसेबिका र ३४ शिक्षक हरुलाइ बिगत बर्षमै यस प्रकारको तालिम दिइ किट बक्स समेत बितरण गरिसकिएकोले यो कार्यक्रम सम्पन्न भएसङ्गै गुल्मिदरबारका सबै गाउटोल र बिध्यालयहरु सम्म प्राथमिक उपचारको पहुच पुग्ने बिश्वास ब्यक्त गर्नुभएको थियो |कार्यक्रममा सहभागिहरुको तर्फबाट महिला स्वास्थ्य स्वयमसेबिका लिला थापा र शिक्षक तेज बहादुर सुबेदिले मन्तब्य राख्दै यो तालिमले धेरै नया नया कुराहरु सिकाएको र आफ्नो कार्यक्षेत्रमा निकै उपयोगि हुने बताउनुभएको थियो | गौडाकोट स्वास्थ्य चौकि कि अ न मि सृजना बस्नेत खत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रम को सन्चालन गौडाकोट स्वास्थ्य चौकिकि सि अ न मि शृजना पोख्रेलले गर्नुभएको थियो |

Leave A Reply

Your email address will not be published.