लुम्बिनी प्रादेशिक अस्पतालमा सर्जिकल सेवा बन्द

अनुप ज्ञवाली, भाद्र-७ बुटवल

बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोरोना भाइरस covid-19 नेपालमा पनि समुदाय स्तरमै फैलिरहेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालका सर्जिकल डाक्टरमा समेत कोरोना पुष्टि भएपछी प्रादेशिक अस्पतालमा सर्जिकल वार्ड बाट प्रदान गरिने सेवा बन्द भएको छ। उक्त डाक्टरको सम्पर्कमा रहेका अन्य तिनजना डाक्टरहरु पनि होम क्वारेन्टाइन बस्नुपर्ने भएसङ्गै सर्जिकल सेवा अर्को सुचना नभएसम्मको लागि बन्द गर्नुपरेको कुरा उक्त अस्पतालकै अर्का एक सर्जिकल डाक्टरले जानकारी गराएका छन्। आजै मात्र बुटवल धागो कारखाना स्थित कोरोना अस्थायी अस्पतालमा दुई जना को कोरोनाकै कारण मृत्यु भएको छ भने बुटवल उपमहानगर पालिकाले गएको २९ गते देखि जारी गरेको लकडाउनलाई आगामी १४ गते सम्म लम्ब्याएको छ।

Leave A Reply

Your email address will not be published.