जनै पुर्णिमाको दिन गुल्मीदरबार गाउँपालिकाले दियो सार्वजनिक बिदा

भुबन भुसाल साउन १८ गुल्मी

गुल्मीको गुल्मीदरबार गाउपालिकाले जनै पुर्णिमाको दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आज एक सुचना जारी गर्दै यहि साउन १९ गते परेको जनै पुर्णिमाको दिन गाउँपालिका भर सार्वजनिक बिदा दिने जानकारी दिएको छ ।
गुल्मी दरबार गाउँकार्यपालिकाको यहि साउन ९ गतेको निर्णय अनुसार जनै पुर्णिमाको दिन एक दिनका लागि मात्रै बिदा दिइएको हो । जनै पुर्णिमाको दिन गुल्मीदरबार गाउँपालिका भित्रका वडा कार्यालयहरु, शिक्षण सस्था, स्वास्थ्य सस्था, र सबै सार्वजनिक संघ सस्थाहरुमा बिदा दिइएको छ । साथै गाउपालिकाले जनै पुर्णिमाको पावन अवसरमा सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना समेत ब्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.