दुखी असहायलाई सहयोग गरेर जन्म दिन मनाए बम्घाका सरोज ज्ञवालीले

अनुप ज्ञवाली,साउन १८ बुटवल

हाम्रो समाजमा आफ्नो जन्मदिन मनाउने तरिका फरक फरक हुन्छन् । कसैले होटल रेस्टुरेन्टमा लाखौं खर्च गरेर मनाउने गर्दछन कसैले घरमै मान्छे जम्मा गरेर खर्च गर्छन भने कसैले आफ्नो खर्चलाई कटाएर समाजसेवा गरि उदाहरणीय कार्य गर्दछन ।

गुल्मी जिल्ला रुरुक्षेत्र गाउँपालिका वार्ड नम्बर ५ बम्घा काउले स्थायी बसोबास भइ हाल बुटवल निवासी सरोज ज्ञवालीले आफ्नो जन्मदिनको अवसरमा करिब १०० जना गरिब,दुखी र असहाय ब्यक्तिहरुलाई खाजा-नास्ता जुस र नगद रु १०० का दरले प्रदान गरि मनाएका छन् ।

भड्किलो जन्मदिन मनाउने परम्परा भन्दा फरक तरिकाले आफ्नो जन्मदिन मनाउन पाउँदा र दुखी गरिब लाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको उहाले ब्यक्त गर्नु भयो। बुटवलको ब्यस्त बजार अमरपथमा कस्मेटिक पसल सन्चालन गर्दै आउनु भएका उहाँले जन्मदिनको अवसरमा रक्तदान गरि कसैलाई जीवनदान प्रदान गरेको कुरा पनि उल्लेख गर्नु भयो।

Leave A Reply

Your email address will not be published.